पाकिस्तानमा तत्काल निर्वाचन घोषणा नगरे देश टुक्रा-टुक्रामा विभाजित हुन्छः इमरान खान

Posted on: 03 Jun, 2022

जेठ २०, इस्लामाबाद | एजेन्सी | संसदमा अविश्वासको प्रस्तावमार्फत यही अप्रिलमा प्रधानमन्त्रीबाट पदमुक्त भएका  इमरान खानले पाकिस्तानमा गृहयुद्धको चेतावनी दिँदै तत्काल चुनावको घोषणा नगरे देश टुक्र टुक्रामा विभाजित हुने बताएका छन् ।

स्थानीय टेलिभिजन च्यानल बोल न्युजलाई दिएको एक अन्तर्वार्तामा खानले भने, ‘उनीहरूले हामीलाई कानुनी र संवैधानिक माध्यमबाट चुनावमा जान अनुमति दिन्छन् कि भन्ने बारेमा हामीले हेर्दै जान्छौँ । नत्र भने देश गृहयुद्धतर्फ जानेछ । ’


पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई)का प्रमुखसमेत रहेका खानले नेसनल एसेम्ब्लीमा फर्किन कुनै अर्थ नभएको बताए । आफ्नो सरकारलाई हटाउने नेसनल एसम्ब्लीमा फर्किनुको अर्थ ‘षड्यन्त्रलाई स्वीकार गर्नु’ भएको उनले बताए ।

विदेशमा रहेका भारतीय थिंक ट्यांकहरूले बलुचिस्तान प्रान्तलाई पाकिस्तानबाट तोड्ने षड्यन्त्र गरिरहेको उनले दाबी गरे । 

‘विदेशमा रहेका भारतीय थिंक ट्यांकहरू बलुचिस्तानलाई अलग गर्ने सोचमा छन् । उनीहरूसँग योजना छ, त्यसैले म दबाब दिइरहेको छु’, उनले भने । तर, खानले कसलाई दबाब दिइरहेका छन् भन्ने बारेमा केही बताएनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!