२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वी सहर सेभेरोदोनेत्स्कलाई पुनः कब्जा गर्दै युक्रेनी फौज

२०७९, २१ जेष्ठ शनिबार १०:२१

जेठ २१, किभ | एजेन्सी | रुसी सेनाको करिब नियन्त्रणमा पुगेको युक्रेनी पूर्वीसहर सेभेरोदोनेत्स्कलाई युक्रेनी सेनाले पुनः कब्जा गरेका छन् । सेभेरोदोनेत्स्क सहरको एउटा भाग पुनः कब्जा गरेको युक्रेनका क्षेत्रीय गभर्नरले दाबी गरेका छन् । सहरलाई आफ्नो नियन्त्रणमा लिने रुसी र युक्रेनी सेनाको रस्साकस्सीबीच युक्रेनी सेनाले सहरको केही भाग आफ्नो कब्जामा लिन सफल भएको हो । 

आफ्ना सेनाले आक्रमणकारी रुसी फौजलाई पछाडि धकेलेको गभर्रनरले जनाएका छन् । गर्भनर सर्गी हाइदाईले भने कि रुसीहरूले  यसअघि देशको पुरानो औद्योगिक सहरलाई रुसी सेनाले लगभग ७० प्रतिशत कब्जा गरिसकेको बताएका थिए । तर, युक्रेनी सेनाले सेभेरोदोनेत्स्कको ठूलो हिस्सा पुनः प्राप्त गरेको उनले बताए । रुसी सेनाको मुख्य निशाना बनेको सो सहर केही सातादेखि निरन्तरको गोलाबारीमा परेको छ । 

यसैबीच, सेभेरोदोनेत्स्कमा लडाइँ जारी रहेको गभर्नर हाइदाईले बताएका छन् । शनिबार एउटा टेलिग्राम पोस्टमा हाइदाइले पछिल्लो २४ घन्टामा युक्रेनी फौजले ९ ओटा हमलाको प्रतिकार गरेको बताए । युक्रेनी फौजले रुसी सेनाको एक एक ओटा ट्यांक र तोपखाना र ८ वटा सशस्त्र गाडी ध्वस्त पारेको दाबी गरेका छन् । 

वायु रक्षा इकाइले एउटा क्रुज मिसाइल र तीन ओटा मानवरहित हवाई साधन खसालिदिएका उनले दाबी गरे । रूसी सेनाहरूले आफ्ना सबै भण्डारहरू सेभेरोदोनेत्स्कमा फ्याँकिरहेका छन्’, उनले भने, ‘मानवीय अवस्था यति भयावह छ की सहरमा खाना र औषधि पुर्‍यायाउन असम्भव छ । ’

अमेरिकाले प्रदान गरेको नयाँ तोपाखाना निर्णायक हुने उनले बताए । सो हतियारमार्फत् रुसी फौजलाई खेद्ने उनको भनाइ छ । शुक्रबार राति नियमित सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना ‘विश्वको दोस्रो सेना’ भन्दै खिल्ली उडाएका थिए ।  सम्बोधनका क्रममा उनले रुसी सेनासँग अब तितो मुस्कान, युद्ध अपराध, घृणा र अपमान बाँकी रहेको टिप्पणी गरे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन