५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बंगलादेशको डिपोमा विस्फोटः मृत्यु हुने २५ पुगे

२२ जेष्ठ २०७९, आईतवार ०७:४६

जेठ २२, ढाका | एजेन्सी | बंगलादेशको चटगाउँ सहरनजिकै रहेको एउटा डिपोमा भएको भीषण विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । विस्फोटमा सयौं घाइते भएका छन् । सिताकुण्ड सहरमा रहेको कन्टेनर भण्डारण केन्द्रमा आगो निभाउने क्रममा विष्फोट भएको थियो । 


डिपोमा रहेका केही कन्टेनरमा रसायनिक पदार्थ राखिएको स्थानीय सञ्चारमाध्यमले अनुमान गरेका छन् । विस्फोटका कारण वरपरका भवन हल्लिएका प्रत्यक्षदर्शीले बताए थिए । घाइतेमध्ये धेरेको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरूको शरिर ६० देखि ९० प्रतिशत जलेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

यो सहर देशको दोस्रो ठूलो सहर चटगाउँबाट ४० किलोमिटर टाढा छ । सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको छ । घाइतेहरूमा अग्नि नियन्त्रक र प्रहरीसमेत छन् । आगलागीअघि डिपोमा करिब ६०० जनाले काम गर्दथे । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता