५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरानको हत्याको हल्ला फैलिएपछि…

२२ जेष्ठ २०७९, आईतवार ०८:४५

जेठ २२,  इस्लामाबाद | एजेन्सी | पाकिस्तानमा जारी राजनीतिक उथलपुथलका बीच शनिबार पूर्वप्रधानमन्त्री इमरान खानको हत्या भएको हल्लाले वातावरण तातेको छ । यो खबर फैलिने बित्तिकै इस्लामाबाद प्रहरी विभाग उच्च सतर्कतामा आएको छ । इस्लामाबादमा धारा १४४ पहिले नै लगाइएको छ र सार्वजनिक सभाहरूमा प्रतिबन्ध लगाइएको छ।


इस्लामाबादमा रहेको इमरान खानको आलिशान घर गालामा सुरक्षा व्यवस्था कडा पारिएको छ । बानीगालामा विशेष सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । तर, यहाँ को–को छन् भन्नेबारेमा प्रहरीले जानकारी दिएको छैन । जिल्ला अधिकारीको आदेश अनुसार उक्त क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

इस्लामाबाद प्रहरीले इमरान खानलाई पूर्ण सुरक्षा दिने र उनको टोलीबाट पनि सहयोगको अपेक्षा गरेको बताएको छ । अर्कोतर्फ इमरान खानका भतिजा हसन नियाजीले पूर्वप्रधानमन्त्रीलाई केही भयो भने त्यसलाई पाकिस्तानमाथि आक्रमण मानिने बताएका छन् ।

इमरान सरकारमा मन्त्री रहेका फवाद चौधरीले खान आइतवार इस्लामाबाद आउँदै गरेको बताएका थिए । चौधरीले अप्रिलमा पनि देशको सुरक्षा निकायले इमरान खानको हत्याको षड्यन्त्र भएको बताएका थिए । पाकिस्तान तहरीक–ए–इन्साफका नेता फैसल वावडाले पनि यस्तै दाबी गरे कि “देश बेच्न“ अस्वीकार गरेकोमा पाकिस्तानी प्रधानमन्त्रीको हत्या गर्ने षड्यन्त्र रचिएको थियो।

केही दिनअघि इमरान खानले उनको हत्याको सम्भावना व्यक्त गरेका थिए । खानले भनेका थिए– ‘मेरो ज्यान खतरामा छ । मलाई मार्न चाहने पाकिस्तान भित्र र बाहिर केही मानिस छन् । म ती सबै मानिसहरूलाई चिन्छु। मैले भिडियो रेकर्ड गरी सुरक्षित ठाउँमा राखेको छु। यदि म मारिए भने यो भिडियोले यी सबैको नाम सार्वजनिक गर्नेछ।’

इमरान खानले विगतमा धेरै पटक आफ्नो ज्यान खतरामा रहेको बताएका छन् । सत्ताबाट हट्नुअघि उनले आफ्नो ज्यान खतरामा रहेको बलियो प्रमाण रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता