४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मालिकसँग हरेक जुम लेक्चरमा उपस्थित बिरालोलाई युनिभर्सिटीले दियो बधाई

२३ जेष्ठ २०७९, सोमबार ०६:४२

जेठ २३, न्युयोर्क | एजेन्सी | अमेरिकाको एक विश्वविद्यालयले आफ्नो मालिकसँग जुम कक्षाको हरेक लेक्चरमा भाग लिएको बिरालोलाई बधाई दिएको छ । 

महामारीका कारण फ्रान्सेस्का बोर्डियरले  कलेजको अधिकांश समय घरबाटै जुम कक्षा लिएकी थिइन् । 

‘म धेरैजसो समय मेरो अपार्टमेन्टमा थिएँ र मेरो छेउमा मेरो बिरालो (सुकी) हुन्थिन । जब म मेरो जुम लेक्चरमा हुन्थे, उनी पनि नजिकै आएर सुन्थिन  । उनी मेरो ल्यापटपको छेउमै बस्थिन’, बोर्डियरले भनिन् ।

स्नातक हाँसिल गर्नमा आफू एक्लै नभएकोमा खुसी व्यक्त गर्दै उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘मेरो बिरालोले मसँग भएको हरेक जुम लेक्चरमा भाग लिन्थिन् त्यसैले हामी दुवैले अस्टिनको टेक्सास विश्वविद्यालयबाट सँगै स्नातक गर्नेछौं ।’

सामाजिक सञ्जाल एपमा उनको पोस्ट भाइरल भएको छ । धेरैले लाईक र टिप्पणी गरेका छन् । दुबैलाई बधाई दिँदै एक इन्स्टा प्रयोगकर्ताले लेखे, ‘मैले तपाई दुईलाई समाचारमा देखेको छु र म आफैं एक बिरालोप्रेमी महिला हुँ । ’

‘यो सबैभन्दा प्यारो र सबैभन्दा मौलिक चीज हो जुन मैले देखेको छु! बधाई छ दुबै जनालाई !!’ अर्काले टिप्पणी गरेका छन् । 

बोर्डियरले सुकीलाई टोपी र गाउन किनेतापनि उनको बिरालोले कुनै स्नातक डिग्री प्राप्त गरेको छैन् । आफूलाई हरेक चरणमा साथ दिने बिरालोप्रति उनी खुसी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल