५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलंकामा खाद्यान्नको मूल्यले आकाश छोयो, चामल ५ सय रुपैयाँ किलोमा बिक्री हुने !

२३ जेष्ठ २०७९, सोमबार १०:१९

जेठ २३, काठमाडौं | आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाको अवस्था झन दयनीय बन्दै गएको छ । दैनिक उपभोग्य वस्तुको मूल्यले आकाश छुन थालेको छ । पछिल्लो जानकारी अनुसार श्रीलंकामा एक किलो चामलको मूल्य ५ सय रुपैयाँ पुग्न सक्छ ।

अनुराधापुरा जिल्लाका साना तथा मझौला मिल सञ्चालकहरु एक किलो चामलको मूल्य प्रतिकिलो ५ सय रुपैयाँसम्म बढ्न सक्ने बताउँछन् । अहिले एक किलो वडापाथु जातको चामलको मूल्य प्रतिकिलो २०० रुपैयाँ रहेको उनले बताए ।


श्रीलंकामा महंगी यस वर्ष जनवरीदेखि अहिलेसम्मकै उच्च स्तरमा पुगेको बताइन्छ, त्यसैले वस्तुको मूल्य बढिरहेको छ । पहिले सर्वसाधारणले किन्न सक्ने गहुँ, चामल जस्ता खाद्यवस्तु अहिले किन्न गाह्रो परेको छ ।

गहुँको भाउ पनि उच्च स्तरमा पुगेका कारण अधिकांश पसलले गहुँ अर्डर गर्न र बेच्न छाडेका छन् । चामलको तुलनामा गहुँको भाउ निरन्तर उकालो लागेकाले आफ्ना पसलहरु बन्द हुने अवस्थामा पुगेकाले गहुँ अर्डर गर्न र बिक्री वितरण गर्न बन्द गरेको पसल व्यवसायी बताउँछन् ।

भारतीय उच्चायोगका अनुसार श्रीलंकामा चलिरहेको आर्थिक संकटका बीचमा पनि चिकित्सा सामग्रीको अभाव छ, जसलाई पूरा गर्न भारतले आइतबार श्रीलंकाको एक अस्पतालमा अत्यावश्यक औषधिको खेप हस्तान्तरण गरेको छ । यसअघि भारतले जाफनाका माछा मार्नेलाई जीविकोपार्जनका लागि डिजेल उपलब्ध गराएको थियो ।

विदेशी मुद्रा सञ्चितिको चर्को अभावले इन्धन, खाना पकाउने ग्यास र अन्य अत्यावश्यक वस्तुका लागि लामो लाइन लाग्ने गरेको छ भने विद्युत कटौती र खाद्यान्नको मूल्यवृद्धिले जनतालाई त्रसित बनाएको छ ।

तथ्यांक अनुसार श्रीलंकामा हाल ५१ अर्ब डलर ऋणको बोझ छ । श्रीलंकामा चीनको मात्रै ५ अर्ब डलरभन्दा बढी ऋण छ । यसबाहेक भारत र जापानजस्ता देशका अलावा श्रीलंकामा पनि आईएमएफ जस्ता संस्थाबाट ऋण प्रवाह भइरहेको छ ।

सरकारी तथ्याङ्क अनुसार सन् २०२१ को अप्रिलसम्म श्रीलंकाको कुल ३५ अर्ब डलर विदेशी ऋण थियो, जुन अहिले ५१ अर्ब डलर पुगेको छ । आर्थिक मन्दीले घेरिएको यो सानो देश यो ठुलो विदेशी ऋणको ब्याज र किस्ता तिर्न पनि भार छ, जसले अवस्था झन् बिग्रँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता