जोनी डेपसँग मुद्धा हारेकी एम्बरलाई साउदी युवकको विवाह प्रस्ताव

Posted on: 07 Jun, 2022

एजेन्सी | हलिउड अभिनेता जोनी डेप र उनकी श्रीमती एम्बर हर्डका मानहानी मुद्धा ६ हप्ता लामो सुनुवाईपछि समाप्त भइसकेको छ । भर्जिनियाको फेयरफेक्समा चलेको मुद्धामा जोनीले जितेका छन् । यो मुद्धा सकिएसँगै एम्बरलाई विवाहको प्रस्ताव आएको छ ।


समाचारअनुसार साउदी अरबका एक व्यक्तिले मुद्धा हारेकी एम्बरलाई विवाह गर्ने प्रस्ताव गरेका हुन् ।  उनले इन्स्टाग्राममा एम्बरलाई एक भ्वाइस सन्देश पठाएका छन् र आफूलाई जोनीभन्दा उत्कृष्ट पुरुष मानेका छन् ।

सामाजिक सञ्जालमा यो भ्वाइस नोट निकै भाइरल भइरहेको छ । ‘एम्बर सबै ढोका तपाईंका लागि बन्द भएका छन् । यस्तो अवस्थामा तपाईंको हेरचाह गर्ने मबाहेक अरु कोही छैनन् । मैले देखेको छु कि केही व्यक्ति तपाईंलाई घृणा गर्छन् र तपाईंलाई धम्क्याउछन् । यसकारण मैले आफ्नो विवाहको निर्णय लिएको छु । अल्लाह हामी दुबैकाे भलो गरुन् । तपाईं एक वरदान जस्तै हुनुहुन्छ, तर मानिसहरु यसको सराहना गर्दैनन् । म त्यो बुढो मान्छेभन्दा उत्कृष्ट छु’, उनले भनेका छन् ।

अदालतमा मुद्धा चलिरहँदा जोनीले अदालतमा एम्बरले आफूलाई घरेलु शोषणको शिकार गरेर आफ्नो बदनाम गरेको दाबी गरेका थिए । लामो सुनुवाईपछि न्यायाधीशले एम्बरलाई जोनीलाई १५ मिलियन हर्जाना तिर्न आदेश दिएका थिए । यही मुद्धासँग जोडिएको घरेलु हिंसा मामलामा जोनीले २ मिलियन डलर एम्बरलाई दिनुपर्ने पनि अदालतले आदेश दिएका थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!