५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई बेलायती र एक मोरक्कनलाई युक्रेनको पृथकतावादी अदालतद्वारा मृत्युदण्डको सजाय

२७ जेष्ठ २०७९, शुक्रबार ११:०६

जेठ २७, काठमाडौँ | पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी सत्ता चलाइरहेको स्वघोषित ‘डोनेत्स्क जनगणतन्त्र’ को एउटा अदालतले दुई बेलायती र एक मोरक्कन नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ । जन युक्रेनको समर्थनमा रुसी फौजविरुद्ध लड्ने दुई बेलायती र एक मोरक्कन नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको रुसी समाचार संस्थाहरुले जनाएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मृत्युदण्ड पाउनेमा बेलायती नागरिकहरु एइडेन अस्लिन र शन पिन्नर तथा मोरक्कन नागरिक ब्राहिम सादुओन रहेका छन् । उनीहरुलाई ‘भाडाका सैनिकको गतिविधि गरेको र सत्ता हत्याउने तथा डोनेत्स्क जनगणतन्त्रको संवैधानिक व्यवस्था विरुद्ध अपराध गरेको’ आभियोगमा दोषी ठहर गरिएको हो ।


गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेपछि युक्रेनी फौजको समर्थन एवम् रुसी फौजविरुद्ध लडिरहेका बेला बेलायती नागरिकहरु पक्राउ परेको बताइएको छ । उनीहरुलाई गत अप्रिल महिनामा मारिउपोल सहरबाट पक्राउ गरिएको रोयटर्सले जनाएको छ । २८ वर्षे अस्लिन तथा ४८ वर्षे पिन्नरका परिवारले दिएका जानकारीअनुसार दुबै जना सन् २०१८ यता युक्रेनमा बसोबास गर्दै आएका थिए ।

त्यस्तै, मोरक्कन नागरिक सादुओनले गत मार्च महिनामा मारिउपोल सहर र डोनेत्स्क क्षेत्रको राजधानीबीच रहेको सानो सहरमा रुसी फौजसमक्ष आत्मसमर्पण गरेका थिए ।

उनीहरुका वकिलले अदालतको यो फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

यता बेलायतले भने अदालतको यो फैलसालाई ‘छद्म न्याय’ भन्दै निन्दा गरेको छ । ‘म एइडन अस्लिन र शन पिन्नरलाई पूर्वी युक्रेनमा रुसी कठपुतलीले सुनाएको फैसलाको निन्दा गर्दछु ।’ बेलायती विदेशमन्त्री लिज ट्रसले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छिन् । ‘उनीहरु युद्धबन्दीहरु हुन् । कुनै वैधानिकताबिनाको यो छद्म न्याय हो ।’ उनले लेखेकी छिन् ।

त्यस्तै, बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्ताले पनि आफ्ना नागरिकलाई मृत्युदण्ड दिने रुस समर्थित पृथकतावादीको कदमको निन्दा गरेको रोयटर्सले जनाएको छ ।

आफ्ना नागरिकलाई पूर्वी युक्रेनका पृथकतावादीले मृत्युदण्डको सजाय सुनाएकोबारे मोरक्कोले भने कुनै टिप्पणी नगरेको रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता