२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मारिओपोलमा हैजा प्रकोपको जोखिम

२०७९, २८ जेष्ठ शनिबार ०५:०५

जेठ २८, किभ | एजेन्सी | युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकोपको जोखिममा रहेको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ । रुसी सेनाको हमलामा ध्वस्त प्रायः बनेको मारिओपोल अहिले रुसी नियन्त्रणमा छ । राष्ट्रसंघका अनुसार सहरको धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएको छ  भने पानी ढलमा मिसिएको छ ।

हैजा सामान्यतया दूषित खानेकुरा वा पानी पिउनाले लाग्ने गर्छ । यो खराब सरसफाइसँग जोडिएको हुन्छ । जम्मा नगरिएका शव र फोहोरले वातावरण नै प्रदूषित बनेको छ । 

मारिओपोलमा पहिले नै महामारी फैलिएको थियो । हैजा, पखला र अन्य संक्रामक रोगहरू पहिले नै शहरमा देखिएको र प्रकोपबाट बच्न शहर बन्द गरिएको सो सहरका मेयरले बताएका छन् । रुसी सेनाले नियुक्त गरेका ती मेयरले नियमित परीक्षण गरिएको र हैजाको कुनै केस रेकर्ड नभएको बताए ।

युक्रेनको स्वास्थ्य मन्त्रालयले मारिउपोलबाट जानकारीमा सीमित पहुँच रहेको तर युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा परीक्षण गरेको र कुनै पनि केस फेला नपरेको बताएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे