५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण भारतीय अभिनेता मोहनलालविरुद्ध मुद्दाको तयारी

२८ जेष्ठ २०७९, शनिबार ०७:५६

जेठ २८, मुम्बई | एजेन्सी | अवैध रुपमा हात्तीको दाँत राखेको आरोपमा दक्षिण भारतीय अभिनेता मोहनलाल कानुनी झमेलामा पर्ने भएका छन् । उनीविरुद्ध वन्यजीव अपराध मामलामा मुद्दा दर्ता गर्ने तयारी भएको छ । किनकी तल्लो अदालतले उनीविरुद्ध परेको अभियोजन कारवाहीलाई फिर्ता लिनका लागि राज्य सरकारले दिएको निवेदनलाई खारेज गरिदिएको छ । प्रथम श्रेणी मजिस्ट्रट कोर्ट पेरुम्बवुरले निवेदन खारेज गरेका हुन् ।

केरला सरकारले आफ्नो निवेदनमा मामिलालाई आधारहीन बताउदै अदालतसमक्ष मुद्दा बन्द गर्न आग्रह गरेको थियो । सहायक लोक अभियोजकले मुद्दालाई अगाडि बढाउनु निरर्थक अभ्यास र अदालतको महंगो समयको बर्बादी भनेको थियो ।

यद्यपि, वकिल अब्राहम पी मेन्चिकाराले अभियानलाई फिर्ता लिनुपर्ने कुराको विरोध गर्दै मोहनलालसँग हात्तीको दाँतको स्वामित्वको प्रमाण पत्र नभएको अवस्थामा मुद्धालाई फिर्ता लिनु आधारहीन हुने बताए । ‘हात्तीका दाँतको जोडी पाइएको थियो, जबकी १३ हात्तीदाँत कलाकृतिहरुका लागि अभिनेताकाविरुद्ध कुनै पनि मुद्दा चलेन’, उनले भनेका छन् ।

सन् २०१२ मा आयकर अधिकारीहरुले मोहनलालको घरमा छापा मार्दा चार हात्तीका दाँत भेटेको थियो, त्यसपछि उनको विरुद्ध उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता