५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५०० मध्ये एक जनामा अतिरिक्त सेक्स क्रोमोजोम, ठूलो जोखिम हुन सक्ने

२९ जेष्ठ २०७९, आईतवार ०६:२६

जेठ २९, लन्डन | एजेन्सी | ५०० मध्ये एक जना पुरुषमा पहिला अनुमान गरेजस्तै एउटा अतिरिक्त सेक्स क्रोमोजोम हुन सक्ने र उनीहरूलाई टाइप २ मधुमेह, एथेरोस्क्लेरोसिस र थ्रोम्बोसिस जस्ता रोगहरूको ठूलो जोखिम हुने एउटा नयाँ अध्ययनले देखाएको छ । अध्ययनले थप एक्स वा वाई क्रोमोजोम भएका पुरुषहरूलाई आफूलाई हुने पीडाको बारेमा कम सचेत हुने सम्भावना रहेको देखाएको छ । 


जेनेटिक्स इन मेडिसिनमा प्रकाशित अध्ययनमा अन्वेषकहरूले युके बायोबैंकबाट ४० देखि ७०  वर्ष उमेर समूहका २ लाखभन्दा बढी बेलायती पुरुषहरूको आनुवंशिक तथ्यांकको विश्लेषण गरेका थिए ।  

उक्त बायोमेडिकल डाटाबेसमा ५ लाख सहभागीको अज्ञात आनुवंशिक, जीवनशैली र स्वास्थ्य जानकारी समावेश थियो । एक्सेटर विश्वविद्यालयका अन्वेषकहरूले ४० देखि ७० वर्षसम्मका युरोपेली वंशका २ लाख ७ हजार ६७ पुरुषहरूको डीएनए परीक्षण गरेका थिए ।  तिनीहरूले अतिरिक्त एक्स क्रोमोजोम भएका २३१ पुरुष र थप वाई क्रोमोजोम भएका १४३ पुरुषहरू पहिचान गरेका थिए ।

सेक्स क्रोमोजोमले हाम्रो जैविक लिंग निर्धारण गर्दछ । पुरुषहरूमा सामान्यतया एउटा एक्स र एउटा वाई क्रोमोजोम हुन्छ । जबकि महिलामा दुई एक्स क्रोमोजम हुन्छन् ।

केही मानिसमा थप एक्स वा वाई क्रोमोजम (एक्स, एक्स वाई वा एक्सवाईवाई) क्रोमोजोम हुने र त्यसका कारण उनीहरूलाई टाइप २ डायबिटिजि, रक्त नली थुनिने र क्रोनिक अब्स्ट्रक्टिभ पलमुनरी डिजिज (सीओपीडी) हुने अध्ययनमा जनाइएको छ । 

अध्ययनका  लेखक तथा क्याम्ब्रिज विश्वविद्यालयको मेडिकल रिसर्च काउन्सिल (एमआरसी) एपिडेमियोलोजी युनिटका पीएचडी विद्यार्थी याजी झाओले एक विज्ञप्तिमा भनेका छन्, ‘उल्लेखनीय संख्यामा पुरुषहरूले अतिरिक्त सेक्स क्रोमोजोम बोकेका भए पनि तिनीहरूमध्ये थोरै यस बारे सचेत हुन सम्भव छ । यो अतिरिक्त क्रोमोजोमको अर्थ उनीहरू सामान्य मेटाबोलिक, भास्कुलर, र श्वासप्रश्वाससम्बन्धी रोगहरूको धेरै उच्च जोखिममा छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता