२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मृत भेटिइन् फेसन डिजाइनर प्रत्युषा, शंकास्पद मृत्यु भन्दै उजुरी दर्ता

२०७९, २९ जेष्ठ आईतवार ०६:४६

जेठ २९, मुम्बई | एजेन्सी | भारतीय फिल्म उद्योगकी लोकप्रिय फेसन डिजाइनर प्रत्युषा गरिमेला मृत भेटिएकी छन् । उनको शव तेलंगनाको बञ्जारा हिल्समा रहेको घरमा भेटिएको छ । प्रहरीका अनुसार ३५ वर्षीया अभिनेत्री सुत्ने कोठामा कार्बन मोनोअक्साइड सिलिण्डर भेटिएको छ । प्रहरीले यसलाई शंकास्पद मृत्यु भन्दै उजुरी दर्ता गराएको छ ।


उनको शवलाई पोस्टमार्टमका लागि उस्मानिया अस्पतालमा लगिएको छ । चिकित्सकका अनुसार प्रत्यूषाले मृत्युअघि कार्बन मोनोअक्साइड सुँघेकी थिइन् । उनी लामो समयदेखि डिप्रेसनसँग जुधिरहेकी थिइन् ।

प्रहरीलाई यो घटनाको जानकारी प्रत्यूषाका सुरक्षाकर्मीले दिएका थिए । सुरक्षाकर्मीले प्रत्युषालाई बोलाउदा उनले कुनै जनाउ नदिएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी त्यहाँ पुगेर उनको कोठाको ढोका फोडेको थियो । मृत भेटिएपछि प्रहरीले तुरुन्तै प्रत्युषाका परिवार र साथीभाईलाई उनको निधनको बारेमा जानकारी दिएको थियो ।

बञ्जारा प्रहरी स्टेसनका इन्स्पेक्टर नागेश्वर रावले प्रत्युषाको कोठाबाट एक नोट फेला पारेको छ । उनले त्यो नोटमा कसैलाई दोष लगाएकी छैनन् । ‘म निकै एक्लो महशुस गरिरहेको छु र डिप्रेसनमा छु’, उनले लेखेकी छन् । उनको यो नोटले उनले आत्महत्या गरेको संकेत गरेपनि प्रहरीले यो मामलामा अनुसन्धान सुरु गरिसकेको छ ।

प्रत्युषाले अमेरिकाबाट फेसन डिजाइनिङ पढेकी थिइन् । त्यसपछि उनले हैदराबादमा फेसन डिजाइनरका रुपमा करियर सुरु गरिन् । उनले सन् २०१३ मा आफ्नो नामको एक लेबल पनि सुरु गरेकी थिइन् । त्यसपछि उनी निकै लोकप्रिय बनिन् ।

उनले बलिउड र टलिउडका माधुरी दिक्षित, रवीना तण्डन, काजोल, परिणतीति चोपडा, हुमा कुरैशी, श्रीया सरन, काजल अग्रवाल, जूही चावला, गौहर खान, नेहा धुपिया, भूमि पेडनेकरलगायतका सेलिब्रेटीको पहिरन डिजाइन गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे