५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफूलाई पछाडिबाट छोएको भन्दै चिनियाँ महिलाले पुरुषलाई धकेलिदिएपछि…

२९ जेष्ठ २०७९, आईतवार ०६:५५

जेठ २९, बेइजिङ | एजेन्सी | चीनको ताङ्सान सहरमा पुरुषहरूको एउटा समूहले महिलामाथि गरेको क्रुर आक्रमणको भिडियो भाइरल भएपछि नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसले सामाजिक सञ्जालमा आक्रोश निम्त्याएको छ र चीनमा लैंगिक हिंसाको बारेमा पुनः बहस सुरु भएको छ ।


एउटा रेस्टुरेन्टमा एक जना पुरुषले आफ्नो हात महिलाको पछाडि राख्दा महिलाले घचेटेपछि विवाद निम्तिएको थियो । ती व्यक्तिले महिलालाई निरन्तर हानेको र महिला भुइँमा ढलेको देखिन्छिन् । मानिसहरूको समूहले रेस्टुरेन्टमा सँगै खानेकुरा खान आएका ती महिलाका साथीहरूलाई पनि कुटेको भिडियोमा देख्न सकिन्छ । 

आक्रमणका कारण गम्भीर घाइते दुई महिलालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूको अवस्था स्थिर रहेको प्राप्त विवरणमा जनाइएको छ । अन्य दुई महिलालाई भने सामान्य चोट लागेको छ । 

आक्रमणमा संलग्न नौ जनालाई पक्राउ गरेको ताङ्सान प्रहरीले जनाएको छ । हमलाले शनिबार चिनियाँ सामाजिक सञ्जाल विबोमा चर्चा भएको थियो । सरकारी टेलिभिनले दोषीलाई कडा सजायको माग गरेको छ । ‘यस्तो घटना ममाथि पनि हुन सक्छ । हामीमध्ये कसैलाई पनि हुन सक्छ’,  एक टिप्पणीकर्ताले पोस्ट गरेका छन् । उनको पोस्टमा १ लाखले लाइक गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता