श्रीमतिसँग सौतेलो छोरा हुर्काउँदा लागेको खर्च माग गर्दै अदालतमा मुद्दा

Posted on: 12 Jun, 2022

जेठ २९, बेइजिङ | एजेन्सी | चिनियाँ सामाजिक सञ्जाल विबो हालै त्यहाँ भएको एक व्यक्तिको विवादास्पद कथाले तातेको छ जहाँ एक पुरुषले सौतेलो छोरालाई हुर्काउन क्षतिपूर्ति मागेको थिए । श्रीमतिसँग सम्बन्ध बिच्छेद गरेपछि उनले सौतेलो छोरालाई हुर्काउन लागेको खर्च वापतको क्षतिपूर्ति मागेका थिए ।

श्रीमतीसँग सम्बन्धविच्छेद गरेको केही महिनापछि मात्रै ताङ उपनामका चोङकिङका एक मानिसले आफ्नो सौतेनी छोरा लिउलाई हुर्काउन  लागेको खर्चको क्षतिपूर्तिको रूपमा ३५ हजार २ सय युआन माग गर्दै अदालतमा पुगेका हुन् । ट्याङले सन् २००९ मा लिउकी आमासँग विवाह गरेका थिए । त्यतिबेला लिउ  १० वर्षका थिए ।  सन् २०२१ मा महिलाले सम्बन्धविच्छेदका लागि निवेदन दिँदासम्म ट्याङले लिउलाई हुर्काएका थिए । 

अलग भएको तीन वर्षपछि ३० हजार युयान क्षतिपूर्ति माग गर्दै ट्याङले सौतेलो छोराविरुद्ध मुद्दा दायर गरेका थिए । अनौठो कानुनी विवादले चिनियाँ सामाजिक सञ्जाल विबोमा आक्रोश बढेको थियो । टिप्पणी गर्ने अधिकांशले टाङले आफ्नो विवाह असफल भएपछि आफ्नो सौतेनी छोरोसँग बदला लिएको आरोप लगाएका छन् । 

अभिभावकको रूपमा उसलाई कहिल्यै हेरचाह नगरिएको उनीहरूले बताएका छन् । ‘दश वर्षसम्म बच्चा हुर्काएपछि पनि छोराको जस्तै व्यवहार गरेजस्तो लाग्दैन । यो धेरै दुःखको कुरा हो’, अर्को व्यक्तिले टिप्पणी गरे । सौभाग्यवश गत महिना चोङकिङको स्थानीय अदालतले ताङको निवेदनलाई खारेज गरिदिएको छ । उनले क्षतिपूर्ति खोजेको खर्च स्वैच्छिक रूपमा भुक्तान गरिएको अदालतले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!