२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमतिसँग सौतेलो छोरा हुर्काउँदा लागेको खर्च माग गर्दै अदालतमा मुद्दा

२०७९, २९ जेष्ठ आईतवार ०७:५५

जेठ २९, बेइजिङ | एजेन्सी | चिनियाँ सामाजिक सञ्जाल विबो हालै त्यहाँ भएको एक व्यक्तिको विवादास्पद कथाले तातेको छ जहाँ एक पुरुषले सौतेलो छोरालाई हुर्काउन क्षतिपूर्ति मागेको थिए । श्रीमतिसँग सम्बन्ध बिच्छेद गरेपछि उनले सौतेलो छोरालाई हुर्काउन लागेको खर्च वापतको क्षतिपूर्ति मागेका थिए ।

श्रीमतीसँग सम्बन्धविच्छेद गरेको केही महिनापछि मात्रै ताङ उपनामका चोङकिङका एक मानिसले आफ्नो सौतेनी छोरा लिउलाई हुर्काउन  लागेको खर्चको क्षतिपूर्तिको रूपमा ३५ हजार २ सय युआन माग गर्दै अदालतमा पुगेका हुन् । ट्याङले सन् २००९ मा लिउकी आमासँग विवाह गरेका थिए । त्यतिबेला लिउ  १० वर्षका थिए ।  सन् २०२१ मा महिलाले सम्बन्धविच्छेदका लागि निवेदन दिँदासम्म ट्याङले लिउलाई हुर्काएका थिए । 

अलग भएको तीन वर्षपछि ३० हजार युयान क्षतिपूर्ति माग गर्दै ट्याङले सौतेलो छोराविरुद्ध मुद्दा दायर गरेका थिए । अनौठो कानुनी विवादले चिनियाँ सामाजिक सञ्जाल विबोमा आक्रोश बढेको थियो । टिप्पणी गर्ने अधिकांशले टाङले आफ्नो विवाह असफल भएपछि आफ्नो सौतेनी छोरोसँग बदला लिएको आरोप लगाएका छन् । 

अभिभावकको रूपमा उसलाई कहिल्यै हेरचाह नगरिएको उनीहरूले बताएका छन् । ‘दश वर्षसम्म बच्चा हुर्काएपछि पनि छोराको जस्तै व्यवहार गरेजस्तो लाग्दैन । यो धेरै दुःखको कुरा हो’, अर्को व्यक्तिले टिप्पणी गरे । सौभाग्यवश गत महिना चोङकिङको स्थानीय अदालतले ताङको निवेदनलाई खारेज गरिदिएको छ । उनले क्षतिपूर्ति खोजेको खर्च स्वैच्छिक रूपमा भुक्तान गरिएको अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन