रोनाल्डोलाई लागेको बलात्कारको मुद्दा खारेज

Posted on: 12 Jun, 2022

जेठ २९, काठमाडौँ | म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ । 

सन् २००९ मा अमेरिकाकाे लास भेगसको एक होटलमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै क्याथ्रिन मेयोर्गाले मुद्दा दर्ता गरेकी थिइन् । तर, अमेरिकी अदालतले  मेयोर्गाको पक्षमा बहस गरिरहेका वकिलले चोरीको प्रमाण ल्याएको पाएपछि रोनाल्डोको मुद्दा खारेज गरेको हो ।


यसअघि रोनाल्डोले आरोपको खण्डन गर्दै आएका थिए । रोनाल्डोमाथि आरोप लगाउने उक्त युवती सन् २०१० मा रोनाल्डोसँग सम्झौताका लागि तीन सय ७५ हजार डलर माग गरेकी थिइन् । तर, पछि अरु रकमको माग गर्दा नपाएपछि उक्त युवतीले मुद्दा हालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खुलाएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!