२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के हो रामसे हन्ट सिन्ड्रोम ?

२०७९, ३० जेष्ठ सोमबार ०४:५४

जेठ ३०, ओटावा | एजेन्सी | चर्चित पप गायक जस्टिन बिबर एक दुर्लभ रोगका कारण आफ्नो आधा अनुहारमा प्यारालाइसिसको समस्या देखिएको छ । प्यारालाइसिसपछि उनले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । इन्स्टाग्राममा प्रेसित एउटा भिडियोअनुसार बिबर रामसे हन्ड सिन्ड्रोम नामक दुर्लभ रोगबाट पीडित छन् । यो रोगका कारण उनको अनुहारमा पक्षाघात र स्नायुलाई कमजोर बनाएको छ । टोरन्टो र वाशिंगटन डीसीमा कार्यक्रम रद्द गरेपछि उनले अनुहारको आधा भाग नचल्ने भन्दै आफ्नो अवस्था ‘धेरै खराब’ भएको बताएका थिए ।

के हो रामसे हन्ट सिन्ड्रोम ? 

राम्से हन्ट सिन्ड्रोम भेरिसेला जोस्टर भाइरसका कारण हुने नसासम्बन्धी समस्या हो । राम्से हन्ट सिन्ड्रोमलाई सामान्यतया हर्पेस जोस्टर ओटिकस पनि भनिन्छ । कानको वरपर र मुख तथा जिब्रोमा रातो दाग आउनु यस रोगको मुख्य लक्षण हो । 

भेरिसेला–जोस्टर भाइरसका कारण यो सिन्ड्रोम देखिन्छ । यो त्यही भाइरस हो जसले बालबालिकामा ठेउला र दाद  निम्त्याउछ ।  बाल्यकालमा ठेउला भएको व्यक्तिमा भाइरस दशकौंसम्म लुकेर बस्न सक्छ । विज्ञहरूका अनुसार भेरिसेला–जोस्टर भाइरस पुनः सक्रिय हुँदा यसले शरिरमा दाद निम्त्याउँछ र केही परिस्थितिहरूमा रामसे हन्ट सिन्ड्रोम निम्त्याउछ । भाइरस किन पुनः सक्रिय हुन्छ र अनुहारको नसालाई कस्तो असर पार्छ भन्ने प्रष्ट छैन् । 

सुन्ने क्षमता गुम्दै जानु, कान कराउनु, मुख तथा आँखा सुख्खा हुनु, एउटा आँखा झिमिक्क गर्न समस्या हुनु र स्वाद हराउनु रामसे हन्ट सिन्ड्रोमका लक्षण हुन् । सिन्ड्रोमबाट पुरुष र महिला समान रूपमा प्रभावित छन् । एक अनुमानअनुसार अमेरिकामा हरेक वर्ष प्रत्येक १ लाख जनामध्ये ५ जनामा यो सिन्ड्रोम देखिन्छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन