५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संकटग्रस्त श्रीलंकामा साप्ताहिक इन्धन कोटा प्रणाली घोषणा

३० जेष्ठ २०७९, सोमबार ०६:३४

जेठ ३०, कोलम्बो | एजेन्सी | संकटग्रस्त श्रीलंकाले आइतवार मोटर चालकहरूको लागि साप्ताहिक इन्धन कोटा प्रणाली घोषणा गरेको छ । इन्धन अभाव तीब्र भएको र सञ्चालनमा आएका केही पेट्रोल पम्पबाहिर तेल भर्नेको लाइन बढिरहेका बेला सरकारले कोटा प्रणाली घोषणा गरेको हो ।

ऊर्जा मन्त्री कञ्चना विजेसेखेराले राज्य सञ्चालित सिलोन पेट्रोलियम कर्पोरेसनले तेल आयातमा संघर्ष गरिरहेको बताए । विद्युत र ग्यास अभावले पेट्रोलियम पर्दाथको खपत बढेको छ । 

‘वित्तीय अवस्था सुदृढ गर्न सक्षम नभएसम्म तेल भर्ने स्टेसनहरूमा ग्राहकको नाम दर्ता गरेर  उनीहरूलाई साप्ताहिक कोटा सुनिश्चित गर्नुको विकल्प छैन’, उनले अगाडि थपे, ‘म जुलाईको पहिलो सातासम्म यो प्रणाली लागू हुने आशा गर्छु ।’

Sri Lanka to introduce guaranteed weekly fuel quota for consumers at  filling stations from next month

 उनले नयाँ प्रणालीमा सवारी चालकले कति इन्धन किन्न पाउने भन्ने खुलाएनन् । विदेशी मुद्रा सञ्चितिको अभावका कारण खाद्यान्न, इन्धन र औषधिजस्ता आधारभूत आवश्यकताहरू आयात गर्न नसक्दा श्रीलंका दशकौंयताकै सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको छ ।

अप्रिलको मध्यतिर सरकारले सबै इन्धन स्टेसनहरूलाई मोटरसाइकलमा चार लिटरभन्दा बढी, तीन पाङ्ग्रे सवारी साधनका लागि पाँच र कारका लागि साढे १९ लिटर पेट्रोल वा डिजेल उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता