५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्पाइडरम्यान’लाई लिएर चीन र हलिउडबीच तनाव, बेइजिङले रोक्यो प्रदर्शन

३० जेष्ठ २०७९, सोमबार ०८:३४

जेठ ३०, काठमाडौँ | एजेन्सी | गत वर्ष डिसेम्बरमा रिलिज भएको हलिउड फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले विश्व बक्स अफिसमा कीर्तिमान राख्यो । नेपालमा समेत यसले ७ करोड ३० लाख रुपैयाँ ग्रस कमाइ गर्‍यो ।


कोरोना महामारीले प्रभावित विश्व फिल्मलाई लयमा ल्याउन यो फिल्मले ठूलो भूमिका खेल्यो । फिल्म हेर्न दर्शकको घुइँचो मात्र लागेन, यसले विश्व फिल्मलाई नयाँ आशा पनि देखायो ।

तर हलिउडको दोस्रो ठूलो फिल्म बजार चीनका दर्शक चाहिं ‘स्पाइडरम्यान’को क्रेजलाई लिएर उत्साहित देखिएनन् । चीनमा ‘स्पाइडरम्यान’को पछिल्लो सिक्वेललाई कडाइ गरियो । किनभने, आफ्नो प्रभुत्वलाई चुनौती दिने कुनै पनि हलिउड फिल्मलाई चीन या त रोक लगाउँछ या त्यसलाई सीमित बनाउँछ ।

चीनको प्रभुत्वमा ठेस पुर्‍याउने कुनै पनि चीज ‘स्पाइडरम्यान’मा नभए पनि फिल्मलाई त्यहाँ प्रदर्शन गरिएन । आखिर चीन र हलिउडबीच यस्तो द्वन्द्व किन चल्दैछ ? अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पाइडरम्यान : नो वे होमको क्लाइमेक्समा रहेको अमेरिकी राष्ट्रवादका केही दृश्यलाई लिएर चीनमा रोकिएको हो ।

उक्त दृश्यलाई हटाउन चिनियाँ सेन्सर बोर्डले गरेको आग्रहलाई सोनी स्टुडियोले अस्वीकार गरेपछि प्रदर्शन रोकिएको जनाइएको छ ।

सन् १९४९ अघि चीनमा सबै कुरा ठिकठाक चलिरहे पनि माओत्से तुङको उदय र पिपुल्स रिपब्लिक अफ चाइनाको गठनपछि हलिउडलाई हेर्ने दृष्टिकोणमा बदलाव आएको बीबीसीको विश्लेषण छ ।

‘स्पाइडरम्यान’ मात्र होइन, केही वर्षअघि चिनियाँ सेन्सर बोर्डले हलिउड फिल्म पाइरेट्स अफ दी क्यारेबियन, डेड म्यान्स चेस्ट, द डार्क नाइट, जोकर, कल मी बाइ योर नेम लगायतका फिल्म समेत प्रदर्शनमा रोक लगाइसकेको छ ।

गत महिना मार्भल सिनेम्याटिक युनिभर्सको फिल्म डक्टर स्ट्रेन्ज २ को प्रिमियर पनि चीनमा रोक लगाइएको थियो । बेनेडिक्ट कम्बरब्याच स्टारर उक्त फिल्ममा चीनविरोधी दृश्य देखाइएको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता