५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३० वर्ष नाघेका जापानी पुरुष र महिला किन विवाह गर्न चाहँदैनन् ?

२ असार २०७९, बिहीबार ०३:०७

असार २, टोकियो | एजेन्सी | सरकारी सर्वेक्षणअनुसार जापानमा ३० वर्ष नाघेका चारमध्ये एकजनाले आर्थिक बोझ, स्वतन्त्रता गुम्ने र घरको कामसँग सम्बन्धित समस्याका कारण विवाह गर्न चाहँदैनन् । सर्वेक्षणले गत वर्ष जापानमा विवाहको संख्या ५ लाख १४ हजारमा झरेको देखाएको छ, जुन सन् १९४० को दशकमा दोस्रो विश्वयुद्धको अन्त्यपछिको सबैभन्दा कम हो ।

दोस्रो विश्वयुद्धपछि जापानमा बेबी बूम भएको थियो यद्यपि, यो १९४७  देखि १९४९ सम्म मात्र दुई वर्षसम्म चलेको थियो । दोस्रो बेबी बूम सन् १९७१ देखि १९७४ सम्म चलेको थियो, यद्यपि जापानको जनसंख्या चिन्ताजनक रूपमा घट्दै गएको छ ।

सन् २०१९ मा देशको जनसंख्या २ लाख ७६ हजारले घटेको एक प्रतिवेदनले जनाएको छ । सरकारले २० र ६० वर्ष उमेर समूहका २० हजार व्यक्तिको नमूना प्रतिक्रियापछि यो अध्ययन गरेको हो ।

५४ प्रतिशत पुरुष र ६२ प्रतिशत महिलाले ३० वर्षको उमेरमा विवाह गरेको सर्वेक्षणले देखाएको छ । यी निष्कर्षहरू लैंगिक  समानतासम्बन्धी सरकारको श्वेतपत्रको अंश हुन् । 

पुरुषभन्दा बढी महिलाले घरको काम, बाल हेरचाहमा संलग्न हुन नचाहनु र समग्रमा आफ्नो स्वतन्त्रता गुमाउन नचाहेका कारण उनीहरू बैबाहिक बन्धनमा गाँसिन नचाहेको प्राप्त विवरणहरूमा जनाइएको छ । पुरुषहरूले आर्थिक क्षमताको अभाव र जागिरको असुरक्षा नै विवाह नगर्नुको प्रमुख कारण रहेको बताए ।

जापानले धेरै वर्षदेखि वृद्धावस्थासँग लडिरहेको छ । राष्ट्रसंघको एक प्रतिवेदनअनुसार जापान विश्वमै सबैभन्दा बढी वृद्ध बद्धा जनसंख्या भएको देश हो । सन् २०५० सम्म यो अग्रता कायम रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता