५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी पूर्वराष्ट्रपति रेगनको हत्या प्रयासका दोषी ४१ वर्षपछि रिहा

२ असार २०७९, बिहीबार ०५:१३

असार २, न्युयोर्क | एजेन्सी | सन् १९८१ मा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको हत्या प्रयास गर्ने जोन हिन्क्ले मानसिक अस्पतालबाट छुटेको ६ वर्षपछि बुधबार पूर्णतया स्वतन्त्रता प्राप्त गरेका छन् । 


 यस महिनाको सुरुमा वाशिंगटनको अदालतले उनलाई रिहा गर्न अनुमति दिएको थियो  । ‘अन्ततः ४१ वर्ष २ महिना र १५दिनपछि स्वतन्त्रत !!!’, उनले बिहीबार ट्वीट गरेका छन् ।

हाल ६७ वर्षीय हिन्क्लेले ३० मार्च १९८१ मा वाशिंगटनको एउटा होटलबाहिर रिभल्भरले पूर्वराष्ट्रपति रेगन र अन्य तीन जनालाई गोली हानेका थिए।

चलचित्र ‘ट्याक्सी ड्राइभर’ हेरेपछि अभिनेत्री जोडी फोस्टरप्रति 'पागल'  बनेका हिन्कोले उनलाई प्रभाव पार्न गोलीकान्ड गरेको बताएका थिए । उनले गोली हानेका सबै जना बाँचेका थिए । यद्यपि, रेगनका प्रेस सेक्रेटरी जेम्स ब्राडीलाई आंशिक रूपमा पक्षाघात भएको थियो । 

सन् १९८२ मा भएको सुनुवाईमा उनको मानसिक समस्यालाई आधार मान्दै हिन्कलाई निर्दोष सावित गर्दै वाशिंगटनस्थित सेन्ट एलिजाबेथ अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनी ३४ वर्ष रहे । 

उनी सन् २०१६को सेप्टेम्बरमा रिहा भएका थिए । तर, प्रतिबन्धहरूको लामो सूचीअन्तर्गत  उनी ६ वर्ष भर्जिनियाको एउटा गेट समुदायमा आफ्नी वृद्ध आमासँग बस्न बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता