५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्रेकअपपछि पूर्वप्रेमिकासँग डेटिङ गर्दा लागेको खर्चको क्षतिपूर्ति मागेपछि…

५ असार २०७९, आईतवार ०६:२४

असार ५, बेइजिङ | सांघाईका एक व्यक्तिले आफ्नो पूर्वप्रेमिकालाई डेटिङ गर्दा लागेको सबै खर्चको क्षतिपूर्ति दिन माग गरेपछि उनी चर्चामा छाएका छन् । सांघाइका एक अज्ञात व्यक्तिले  आफूसँग ब्रेकअप भएको एक युवतीसँग डेटिङ गर्दा भएको खर्च माग गरेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् । 

सम्बन्धमा रहँदा खर्च गरेको पैसाको सम्पूर्ण सूची र प्रमाणसमेत उनले जुटाएका छन् । विस्तृत ‘ब्रेकअप लिस्ट’ले चिनियाँ सामाजिक सञ्जाल विबोमा चर्को वहस सुरु गरेको छ । 


धेरैले आफूलाई ती व्यक्तिको दाबीभन्दा पनि डेटिङको महिनौंदेखिका सबै खर्च सम्झने उनको क्षमताबाट चकित भएको बताएका छन् ।  ती व्यक्तिले तयार पारेको सूचीमा ‘दुई बोतल पानी’ जस्तो सामान्य खर्चदेखि ‘एक्स गर्लफ्रेन्डीकी’ विरामी आमाको हेरचाह खर्चसमेत समावेश गरेका छन् । 

उनको विस्तृत कागजातमा प्रत्येक खर्च जोडीलाई नै बाँडिएको थियो वा पूर्वप्रेमिका एक्लैले लाभ उठाएकी थिइन भन्नेसमेत उल्लेख छ । जस्तैः एउटा उदाहरणमा उनले ‘स्नयाक्स किन्न र त्यो सबै महिलालाई खुवाउन’ ३६ दशमलब १ युआन खर्च गरेका थिए । 

यस्तो अवस्थामा उनले उक्त स्न्याक्सको सम्पूर्ण खर्च महिलाले बेहोर्नुपर्ने उनले अनुरोध गरेका छन् । अर्को उदाहरणले चाङनिङको एउटा रेस्टुरेन्टमा दुई जनाले डिनर लिएको उल्लेख छ । महिलाले खर्च गरेको रकमको ५० प्रतिशत क्षतिपूर्ति दिनुपर्ने उनले बताएका छन् । 

पूर्वप्रेमिकालाई अस्पताल भर्ना गर्न लागेको खर्चसमेत ‘खर्च सूचीमा’ समावेश गरेका छन् । त्यसपछि ती महिलाको मृत्यु भएको थियो । अन्तिम संस्कारमा उनी र उनका अभिभावकले आर्थिक सहयोग गरेका थिए । अहिले त्यो सबै खर्च उनले मागेका छन् । 

डेटिङ गर्दा समग्रमा उनले कुल ७२ हजार युआन खर्च गरेको दाबी  गरेका छन् । तर, उनले ६ करोड १४ लाख ७ हजार २५ युआन क्षतिपूर्ति माग गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता