२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगलका सह–संस्थापक सर्गेई ब्रिनले गरे सम्बन्ध बिच्छेद

२०७९, ६ असार सोमबार ०५:०१

असार ६, न्युयोर्क | एजेन्सी | गुगलका सह–संस्थापक सर्गेई ब्रिनले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् । विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीमा परेका अर्बपति ब्रिनले ‘मिलाउन नसकिने भिन्नता’ देखाउँदै सम्बन्ध बिच्छेदका लागि यसै महिनाको सुरुमा निवेदन दिएका थिए । 

सन् २०१८ को नोभेम्बर ७ मा बन्धनमा बाँधिएका यी दुईबीच सन् २०१५ मा देखभेट भएका थियो । सर्गेई ब्रिन र निकोल शानाहानको दुई वर्षकी छोरी छन् । 

क्यालिफोर्नियाको सान्ता क्लारा काउन्टीमा पेस गरिएको अदालतको फाइलिङअनुसार डिसेम्बर २०२१ मा दुवै अलग भएका थिए ।  बिया–इको फाउन्डेसनकी संस्थापक शानाहानले गर्भवती हुन धेरै संघर्ष गर्नु परेको बताएकी थिइन् । उनको संस्था वातावरणीय र सामाजिक न्यायका लागि समर्पित छ ।

सन् २०१८ मा दुई जनाले प्रजनन समस्याहरूमा समर्पित चिकित्सा अनुसन्धान फर्म बक इन्स्टिच्युटको सह–स्थापना गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन