कांग्रेस नेता राहुल गान्धीमाथि चौथो पटक सोधपुछ हुँदै

Posted on: 20 Jun, 2022

असार ६, नयाँ दिल्ली | सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी आज चौथो पटक प्रवर्तन निर्देशनालय (ईडी)समक्ष उपस्थित हुने तय भएको छ । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा ईडी मुख्यालयमा जाने तय भएको हो । 


राहुललाई गत साता तीन पटक सोधपुछ गरिएको थियो । उनलाई चौथो पटक शुक्रबार ईडी बोलाइएको थियो । तर, कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएकी आमा तथा कंग्रेस प्रमुख सोनिया गान्धीलाई भेट्न अस्पताल जानुपर्ने भएपछि राहुलको अनुरोधमा आज सोमबारका लागि पुनः सोधपुछको मिति तय भएको थियो । 

राहुलमाथिको सोधपुछलाई लिएर कंग्रेस नेता तथा कार्यकर्ताहरूले चर्को विरोध जनाउँदै आएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र अमित साहले फसाउन खोजेको उनीहरूले आरोप लगाउँदै आएका छन् । 

यसैबीच, आफ्ना नेताविरुद्धका आरोप आधारहीन भएको र भाजपाले प्रतिशोधको राजनीति गरेको कंग्रेसले  आरोप लगाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!