२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारत र बंगलादेशमा चट्याङ र पहिरोमा परेर कम्तीमा ५९ जनाको मृत्यु

२०७९, ६ असार सोमबार ०९:०८

असार ६, नयाँ दिल्ली | एजेन्सी | भारत र बंगलादेशमा भीषण मनसुनी आँधीका कारण चट्याङ र पहिरोमा परेर कम्तीमा ५९ जनाको मृत्यु भएको बताइएको छ । बाढीबाट लाखौं मानिसहरू अलपत्र परेका छन् । आपतकालीन उद्धारकर्ताहरू  प्रभावित व्यक्तिसम्म पुग्न संघर्ष गरिरहेका छन् । 


आगामी दिनमा बाढीको प्रभाव अझै बढ्न सक्ने मौसमविद्ले चेतावनी दिएका छन् । बंगलादेशमा आएको बाढी सन् २००४ पछिकै सबैभन्दा खराब भएको बंगलादेशका अधिकारीहरूले जनाएका छन् । 

पछिल्ला साता आएको निरन्तरको वर्षाले छिमेकीे उत्तरपूर्वी क्षेत्रको ठूलो भूभाग डुबानमा परेको छ । विद्यालयलाई अस्थायी आश्रयस्थल बनाइएको छ भने पानीको बढ्दो बहाबका कारण बिच्छेद बनेका नजिकका समुदायलाई उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

छिमेकी भारतको आसाम राज्यमा पाँच दिनदेखिको अविरल वर्षापछि आएको बाढीबाट १८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले बाढीमा परेकाहरूलाई ‘सबै आवश्यक सहयोग र राहत’ उपलब्ध गराउन निर्देशन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन