५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युद्धकै बीच चीनले रूसबाट किन्यो ८४ लाख टन तेल

६ असार २०७९, सोमबार ०९:४९

असार ६, काठमाडौं | रूस–युक्रेन युद्धका कारण पश्चिमा देशले रूसमाथि लगाएको प्रतिबन्धपछि रूसबाट सबैभन्दा धेरै तेल खरीद गर्ने देश चीन भएको छ।

२४ फेब्रुओरीबाट शुरु भएको रूस–युक्रेन युद्धका कारण पश्चिमा देशले रूसमाथि लगाएको प्रतिबन्धपछि रूसबाट सबैभन्दा धेरै तेल खरीद गर्ने देश चीन भएको छ। मे महीनामा मात्रै चीनमा खपत हुने तेलको ५५ प्रतिशत रूसबाट खरीद गरेको छ। यसरी रूसले चीनलाई तेल बेच्ने मामिलामा साउदी अरबलाई पनि उछिनेको छ।

Russia has become the largest supplier of crude oil to China News-Pipa |  News PiPa

कोरोना महामारीपछि चीनको अर्थतन्त्रमा कमी आएको थियो। हाल पनि चीनका केही राज्यमा कोभिड संक्रमण छ। यस्तो अवस्थामा पनि चीनले रूसबाट तेल खरीदलाई कम गर्नेभन्दा बढाएको छ। रूस–युक्रेनबीच युद्ध शुरु भएलगत्तै रूस–चीनले आफ्नो मित्रतामा कुनै सीमा नभएको बताएका थिए।

चिनियाँ तेल कम्पनीहरूले हालैका महीनाहरूमा रूसबाट कच्चा तेल खरीद बढाएका छन् । यसमा दुई ठूला चिनियाँ कम्पनीहरू सिनोपाक र सेन्हुआ समावेश छन् । अमेरिकी प्रतिबन्धपछि रुसले तेलमा ठूलो छुट दिएको थियो ।

चिनियाँ भन्सारको सामान्य प्रशासनका अनुसार गत महीना रुसबाट चीनमा कूल ८४ लाख टन तेल आयात भएको थियो। यससँगै साउदी अरब ७८ लाख टन तेल आयातका साथ दोस्रो स्थानमा छ।

मार्चमा अमेरिका र बेलायतले रुसी तेलमाथि प्रतिबन्ध लगाउने बताएका थिए । योसँगै युरोपेली संघले रुसको ग्यासमाथिको निर्भरता घटाउने बताएको थियो।

अमेरिकी राष्ट्रपतिले तेल बिक्रीमा प्रतिबन्धले रुसको अर्थतन्त्रको मेरुदण्डमा चोट पुग्ने बताए । तेल निर्यात रूसको आयको मुख्य स्रोत हो, तर यसले पश्चिमी देशहरूलाई पनि असर गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता