५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इथियोपियामा कम्तीमा २ सय सर्वसाधारणको हत्या

७ असार २०७९, मंगलवार ०१:५१

असार ७, आदिस आबाबा | एजेन्सी | इथियोपियामा २ सय सर्वसाधारणको हत्या भएको छ । देशको ओरोमिया क्षेत्रमा भएको आक्रमणमा जातीय अम्हारा समुदायका मानिसहरुको हत्या भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अफ्रिकाको दोस्रो ठूलो जनसंख्या भएको  इथोपियामा जातीय तनाव जारी रहिरहेका बेला पछिल्लो डरलाग्दो हिंसा भएको हो ।

‘मैले २३० शवहरू गनेको छु । मलाई डर छ कि यो हामीले हाम्रो जीवनकालमा देखेका नागरिकविरुद्धको सबैभन्दा डरलाग्दो हमला हो’ु गिम्बी काउन्टीका निवासी अब्दुल–सेद ताहिरको भनाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले जनाएको छ ।  शनिबारको आक्रमणबाट आफू मुस्किलले उम्किएको उनले बताए ।

शवलाई सामूहिक चिहानमा गाडिएको पनि उनले बताए । 

‘शवलाई सामूहिक चिहानमा गाडिरहेका छौं ।  हामी अझै पनि शव संकलन गर्दैछौं । संघीय सेनाका एकाइहरू घटनास्थलमा आइपुगेका छन् । तर सेनाले छोडे भने हामीमाथि हमला हुने डर छ  । ’ अर्का एक प्रत्यक्षदर्शीले पनि आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् । ओरोमिया समुदाय अहिले अर्कै क्षेत्रमा स्थानमा स्थानान्तरण हुन खोजेको प्राप्त विवरणमा जनाइएको छ । 

आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन् । आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता