५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्पतालका कर्मचारीले नवजात शिशुको टाउको काटेर महिलाको गर्भमा छोडिदिए

७ असार २०७९, मंगलवार ०२:१५

असार ७, इस्लामाबाद | पाकिस्तानको सिन्ध प्रान्तको ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले एक नवजात शिशुको टाउको काटेर आमाको पेटभित्रै छोडिदिएपछि ३२ वर्षीया महिलाको ज्यान जोखिममा परेको छ । 

उक्त दुखद घटनाबारे छानविन गरी दोषी पत्ता लगाउन सिन्ध सरकारले  मेडिकल जाँच बोर्ड गठन गरेको छ । 

‘थरपार्कर जिल्लाको दूर गाउँकी हिन्दू महिला पहिले आफ्नो क्षेत्रको ग्रामीण स्वास्थ्य केन्द्र (आरएचसी) गएकी थिइन् । तर, महिला रोग विशेषज्ञ उपलब्ध नभएकोले अनुभवहीन कर्मचारीले उनलाई ठूलो आघात पुर्यायो’, जामशोरोको लियाकत विश्वविद्यालय चिकित्सा तथा स्वास्थ्य विज्ञान (एलयूएमएचएस)का स्त्री रोग एकाईका प्राध्यापक राहिल सिकन्दरले भने । 

अप्ठ्यारो शल्यक्रियामा आरएचसीका कर्मचारीले आमाको पेटमा रहेको नवजात शिशुको टाउको काटेर भित्रै छोडिदिएको उनले बताए ।

ती महिलाले ज्यान जोखिममा परेपछि उनलाई परिवारले नजिकैको मिठी अस्पतालमा लगेका थिए ।  त्यहाँ उपचार सम्भव नभएपछि अन्ततः उनलाई एलयूएमएचएस लगिएको थियो, जहाँ नवजात शिशुको बाँकी शव आमाको कोखबाट निकालेर उनको जीवन बचाइएको थियो ।

सिकन्दरले बच्चाको टाउको भित्रै फसेको, आमाको पाठेघर च्यातिएको र ज्यान जोगाउन उनको पेट खोलेर शल्यक्रिया गरेर टाउको निकाल्नु परेको  बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता