५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानको अदालतले भन्यो–समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक होइन

७ असार २०७९, मंगलवार ०२:३३

असार ७, टोकियो | एजेन्सी | जापानको एक अदालतले समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक नभएको फैसला गरेको छ । ओसाकाको जिल्ला अदालतले यस्तो फैसला गरेको हो । पछिल्लो फैसलाले  एलजीबीटीक्यू अधिकारलाई ठूलो धक्का दिएको छ । यसअघि तीन जना समलिंगी जोडीले ओसाका जिल्लामा मुद्दा दायर गर्दै १० लाख यन क्षतिपूर्ति मागेका थिए ।

विवाह गर्न नसक्ने उनीहरुको दाबीलाई अस्वीकार गर्दै अदालतको फैसलामा भनिएको छ, ‘व्यक्तिगत मर्यादाको परिप्रेक्ष्यमा हेर्दा समलिंगी जोडीलाई आधिकारिक मान्यताको माध्यमबाट सार्वजनिक रूपमा मान्यता दिइने फाइदा महसुस गर्न आवश्यक छ । ’

जापानको संविधान अनुसार विवाहलाई दुवै लिंगको पारस्परिक सहमतिको आधारमा परिभाषित गरिएको छ । जापान समलिंगी विवाहलाई अनुमति नदिने एक मात्र जी ७ देशका समूहको सदस्य हो । जनमत सर्वेक्षणले धेरैजसो सर्वसाधारण जापानमा समलिंगी विवाहलाई अनुमति दिने पक्षमा रहेको देखाएको छ ।

टोकियो सहित धेरै क्षेत्रले समलिंगी जोडीहरूलाई सम्पत्ति भाडामा दिनका लागि सहयोग गर्न साझेदारी प्रमाणपत्र जारी गर्न थालेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता