५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसले ५१ वर्षपछि पुस्तकालयलाई पुस्तक फिर्ता गरे, किताबसँगै पठाए यस्तो नोट

७ असार २०७९, मंगलवार ०७:१५

असार ७, भ्यानकुभर | एजेन्सी | कुनै पनि पुस्तकालयबाट पुस्तक लगेपछि प्रायः मानिसले तोकिएको मितिमा नै पुस्तक फिर्ता गर्नुपर्ने हुन्छ । तर, एक जना यस्ता व्यक्ति भेटिएका छन् जसले दशकौँपछि पुस्तक फिर्ता गरेका छन् भन्दा तपाईलाई अनौठो लाग्न सक्छ । क्यानडाको भ्यानकुभरमा यस्तै घटना भएको छ ।


त्यहाँको सार्वजनिक पुस्तकालयले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बीर सेयर गर्दै ५१ वर्षपछि एउटा किताब ठ्याक्कै उस्तै अवस्थामा फर्किएको जनाएको छ । कितावसँगै एउटा मन छुने नोट पनि पठाइएको छ । 

‘तपाईको पुस्तकालयबाट । धेरै माफ गर्नुहोस् यो अलि ढिलो भयो । ५१ वर्ष भयो । तर, धेरै राम्रो अवस्थामा छ । धन्यवाद ।’, नोटमा भनिएको छ । भ्यानकुभर पब्लिक लाइब्रेरी अफ साउथ हिलले सार्वजनिक गरेको तस्बीरअनुसार ‘द टेलिस्कोप’ नामको पुस्तक ह्यारी एडवर्ड निलले  लेखेका हुन् । 

पुस्तकभित्रको कार्डमा लगाइएको छापमा पुस्तक बुझाउने अन्तिम मिति सन् १९७१ को २० अप्रिल उल्लेख छ । पुस्तकको तस्बीर पुस्तकालयले जुन ७ मा क्याप्ससहित सेयर गरेको थियो । क्याप्सनमा लेखिएको छ, ‘यस पुस्तकमा भएको यस्तो रमाइलाे नोट हाम्रो दक्षिण हिल शाखामा केही ढिलो (५१ वर्ष !) पछि फर्कियो ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता