५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को हुन् भारतको राष्ट्रपतिकी उम्मेदवार द्रौपदी मुर्मु ?

८ असार २०७९, बुधबार ०५:३८

 एजेन्सी | भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले आगामी चुनावको लागि द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ ।

आदिवासी नेतृ द्रौपदी मुर्मु झारखण्डको पूर्व राज्यपाल हुन् । निर्वाचित भएमा उनी भारतको पहिलो आदिवासी राष्ट्रपति र देशको दोस्रो महिला राष्ट्रपति बन्ने छिन् । उनी ६४ वर्षकी भइन् । एकल महिला मुरमुका दुई छोराको निधन भइसकेको छ । उनकी एक छोरी छिन् । झारखण्डकी पूर्व गर्भनर मुरम स्नातक सम्म अध्ययन पूरा गरेकी छिन् । 

‘पहिलो पटक महिला आदिवासी उम्मेदवारलाई प्राथमिकता दिइएको छ । हामी आगामी राष्ट्रपति चुनावका लागि द्रौपदी मुर्मुलाई एनडीएको उम्मेदवारको रूपमा घोषणा गर्छौं’, बीजेपी प्रमुख नड्डाले भने । 


मुर्मुले आफ्नो जीवन समाजको सेवा गर्न र गरिब, दलित र सीमान्तकृतहरूलाई सशक्तीकरण गर्न समर्पित गरेको उनले बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुसँग राम्रो प्रशासनिक अनुभव भएको र उनी राष्ट्रपतिमा निर्वाचित हुनेमा आफू ढुक्क भएको बताएका छन् ।  

‘ उनीसँग राम्रो प्रशासनिक अनुभव छ । उनी हाम्रो देशको  महान राष्ट्रपति हुनेछिन् भन्नेमा म ढुक्क छु’,  प्रधानमन्त्री मोदीले भनेका छन् । 

पछिल्लो २० वर्षदेखि भाजपामा आबद्ध उनी भाजपा महिला मोर्चाकी राष्ट्रिय उपाध्यक्षसमेत थिइन । १८ जुलाईमा राष्ट्रपतिको निर्वाचन तय गरिएको छ । 

भारतमा पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने निश्चितप्रायः भएको छ । सत्तारुढ भारतीय जनता पार्टीसहितको गठबन्धनले द्रोपदी मुरमुलाई साझा उम्मेदवार बनाउने घोषणासँगै उनी राष्ट्रपति बन्ने निश्चितप्रायः भएको हो । भाजपासहितको गठबन्धनसँग राष्ट्रपति निर्वाचनमा बहुमत मतदाता छन् ।

यसअघि भाजपाको साथ पाएर अब्दुल कलाम राष्ट्रपति बनेका थिए । दलित समुदायबाट पहिलो राष्ट्रपनि बनेका रामनाथ कोविन्द पनि भाजपाकै साथ पाएर बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता