५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पपस्टार बियोन्सेको नयाँ गीतले अमेरिकामा तरंग : नेपाली कामदारको पीडा पनि झल्कियो

८ असार २०७९, बुधबार ०६:०१

एजेन्सी | कोरोना महामारीले जागिर गुमाउनेको संख्या ह्वात्तै बढेपछिको जनआक्रोशका बीच अमेरिकी पपस्टार बियोन्सेले मंगलबार राति नयाँ गीत ‘ब्रेक माइ सोल’ रिलिज गरेकी छन् ।

‘रेनसा’ एल्बममा संग्रहित उक्त गीतले महामारीले जागिर गुमाएपछि अमेरिकी नागरिकमा चुलिएको आक्रोशलाई प्रस्तुत गर्छ । राष्ट्रपति जो बाइडेन प्रशासनले नयाँ जागिर सिर्जना गर्न चुनौती खेपिरहेको छ ।


बियोन्सेको सो गीतको शब्दमा समेत श्रमिकको पीडा प्रस्तुत छ । बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म खटेर काम गर्नुपर्ने जसले गर्दा राति सुत्न नपाइने कारणले जागिर छाडेको मर्मस्पर्शी वेदना गीतमा प्रस्तुत छ ।

यो समस्या अमेरिकी श्रमिकको मात्र होइन, नेपालसहित तेस्रो मुलुकबाट अमेरिकी सपना बोकेर पुगेका श्रमिकको समेत हो । गीतले नेपाली कामदार र समुदायको दर्दलाई पनि व्यक्त गरेको छ ।

विश्लेषकले बियोन्सेको उक्त गीतलाई महामारीपछि अमेरिकामा सुरु भएको अहिलेसम्मकै ठूलो आर्थिक मन्दीको वास्तविक चित्रण भनेर व्याख्या गरिरहेका छन् । कतिपयले अहिलेसम्मकै धेरै श्रमिकले जागिर छाडेको कुरालाई उल्लेख गरेका छन् ।

बियोन्सेले पति तथा र्‍यापर जे जेडसँग मिलेर गीत लेखेकी हुन् । सांगीतिक प्लेटफर्म टाइटलमा रिलिज भएको उक्त गीतको निर्माण जे जेडले नै गरेका हुन् । यो गीतलाई लिएर संसारका प्रतिष्ठित मिडिया आउटलेटले पनि बहस चलाएका छन् ।

गत वर्ष नोभेम्बर २०२१ मा ‘किङ रिचर्ड’ फिल्ममा समावेश गीत ‘बी अलाइभ’बाट बियोन्से ओस्कर अवार्डमा मनोनित समेत भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता