२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलात्कारका घटनामा वृद्धिपछि पाकिस्तानको पञ्जाबमा ‘आपतकाल’ घोषणा

२०७९, ८ असार बुधबार ०८:२०

असार ८, इस्लामाबाद | महिला र बालबालिकामाथि हुने यौन शोषणका घटनामा तीव्र वृद्धिपछि पाकिस्तानको पञ्जाब प्रान्तले आपतकाल घोषणा गर्ने निर्णय गरेको छ । एक पत्रकार सम्मेलनमा बोल्दै पञ्जाबका गृहमन्त्री अत्ता तरारले यस्ता घटनामा वृद्धि हुनु समाज र सरकारी अधिकारीका लागि गम्भीर समस्या भएको बताए ।


‘पञ्जाबमा दैनिक चारदेखि पाँचवटा बलात्कारका घटनाहरू रिपोर्ट भइरहेका छन् जसका कारण सरकारले यौन उत्पीडन, दुर्व्यवहार र जबरजस्तीका घटनाहरू समाधान गर्न विशेष उपायहरू विचार गरिरहेको छ’ उनको भनाई उद्धृत गर्दै जियो न्युजले जनाएको छ । ‘बलात्कारका घटनालाई सम्बोधन गर्न प्रशासनले आपतकाल घोषणा गरेको छ,’ उनले भने ।

यस विषयमा नागरिक समाज, महिला अधिकारकर्मी संगठन, शिक्षक र वकिलसँग परामर्श लिइने मन्त्रीले बताए । उनले अभिभावकलाई आफ्ना बालबालिकालाई सुरक्षाको महत्व सिकाउनसमेत आग्रह गरे ।

विभिन्न घटनाका आरोपितलाई थुनामा राखिएको र बलात्कारविरुद्धको अभियान चलाएको मन्त्री तरारले बताए । विद्यालयमा विद्यार्थीमाथि हुने दुव्र्यवहारबारे सचेत गराइनेसमेत उनले बताए ।

गृहमन्त्रीले अब अभिभावकले आफ्ना छोराछोरीलाई कसरी जोगाउने भनेर सिक्नुपर्ने बेला आएको बताए । उनले सरकारले फास्ट ट्र्याकका आधारमा डीएनए नमूनाको संख्या बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन