२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मेडिया मुगल रुपर्ट मर्डोक र जेरी हलबीच सम्बन्धबिच्छेदकाे तयारी

२०७९, ९ असार बिहीबार ०६:१७

असार ९, न्युयोर्क | एजेन्सी | मेडिया मुगल रुपर्ट मर्डोक र अभिनेत्री जेरी हलले सम्बन्धविच्छेदको तयारी गरेका छन् ।  यस विषयमा परिचित दुई व्यक्तिलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यम न्यूयोर्क टाइम्सले उनीहरुको सम्बन्ध बिच्छेदको तयारी भएको जनाएको हो । मर्डोकले मार्च २०१६ मा सेन्ट्रल लन्डनमा हलसँग विवाह गरेका थिए । मर्डोकको यो चौथो पटक सम्बन्ध बिच्छेद हो । 


विवाहपछि आफूले संसारकै सबैभन्दा खुसी र भाग्यमानी अनुभूति गरेको उनले बताएका थिए । 

फक्स कर्पका अध्यक्ष ९१ वर्षीय मर्डोक र ६५ वर्षी जेरी पत्रिकामा बारम्बार चर्चामा थिए । सम्बन्धबिच्छेदले मर्डोकको स्वामित्वमा रहेको व्यवसायहरूको स्वामित्व संरचना परिवर्तन नगर्ने जनाइएको छ । 

मर्डोकसँगको विवाहमा जेरीले फिक्का नीलो रंगको भिभियन वेस्टवुड पोसाक लगाएकी थिइन् । सन् २०१९ सम्म रूपर्ट र जेरीले प्रायः रातो कार्पेट कार्यक्रमहरूमा सँगै भाग लिन्थे । द क्वाइट वनको ट्रिबेका फेस्टिभल प्रिमियर र भ्यानिटी फेयर्स ओस्कारमा उनीहरू सँगै देखिएका थिए ।

सन् २०२१ मा रूपर्ट र जेरीले आफ्नो ९०औं जन्मदिन न्यूयोर्क शहरमा एउटा पार्टीमा मनाएका थिए । फोब्र्सका अनुसार मेडिया टाइकुन मर्डोकसँग १७ दशमलब ७ अर्ब डलर सम्पत्ति छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन