५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुम्बइ हमलाका मास्टरमाइन्डलाई पाकिस्तानमा १५ वर्ष जेल सजाय

११ असार २०७९, शनिबार ०५:३०

असार ११, नयाँ दिल्ली | एजेन्सी | सन् २००८ मा मुम्बईमा भएको आतंककारी हमलाका मुख्य हर्ताकर्ता सजिद मजिद मिरलाई पाकिस्तानको आतंकवाद विरोधी अदालतले आतंकवादलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको छ । लाहोर अदालतले हाल कोट लखपत जेलमा सजाय खेपिरहेका  मिरलाई ४ लाख रुपैयाँभन्दा बढी जरिवाना पनि तोकेको छ । 

‘यस महिनाको सुरुमा लाहोरको एक आतंकवादविरोधी अदालतले प्रतिबन्धित लश्कर–ए–तैयबा (एलईटी)का एक कार्यकर्ता साजिद माजिद मिरलाई आतंकवादीलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको थियो’, सो मुद्दासँग जोडिएका एक वकिलको भनाइ उद्धृत गर्दै भारतीय समाचार संस्था पीटीआईले जनाएको छ । 

लाहोरमा जन्मेका मिरले मुम्बई आक्रमणको योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्नमा प्रमुख भूमिका खेलेका थिए । मुम्बई नरसंहारमा २६ विदेशीसहित १६६ जनाको मृत्यु भएको थियो । आक्रमणमा तीन सयभन्दा बढी घाइते भएका थिए । उक्त हमलामा ९ आक्रमणकारी मारिएका थिए । 

सो हमलापछि भारत–पाकिस्तान तनाव बढेको थियो । आक्रमणमा उनको संलग्नतालई लिएर मिरलाई भारतले मोस्ट वान्टेडको सूचीमा राखेको थियो । दुई देशका क्रिकेट टोलीबीचको खेल हेर्न क्रिकेट फ्यानको रूपमा उनी सन् २००५ मा भारत गएका थिए । त्यतिबेला उनी करिब १५ दिन भारतमा बसेका थिए । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता