४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो विश्वयुद्धकाे समयमा डुबेको पनडुब्बी ८० वर्षपछि प्रशान्त महासागरमा फेला

११ असार २०७९, शनिबार ०९:१२

असार ११, न्युयोर्क | दोस्रो विश्वयुद्ध ताका डुबेको अमेरिकी नौसेनाको पनडुब्बी भग्नावशेषसहित समुद्रमुनि फेला परेको छ । युएसएस स्यामुएल बी रोबर्ट्स प्रशान्त महासागर मुनि फेला पारेको हो । स्यामी बी भनेरसमेत चिनिने उक्त जहाजलाई जुन २३ मा टेक्सासका अन्बेषक भिक्टोर भेस्कोभोलेले पत्ता लगाएका हुन् । भेस्कोभोलेले विश्वको गहिरो बिन्दुहरूमा आफ्नो अभियान पूरा गरिसकेका छन् ।

उक्त पनडुब्बी फिलिपिन्स सागरमा ६ हजार ९८५  मिटरको  गहिराईमा थियो । जहाज लगभग ८० वर्षपछि फेला परेको हो । यो युद्ध ताका  सन् १९४४ को अक्टोबरमा फिलिपिन्स सागरमा खसेको थियो ।

यामाटोसहित तीन जापानी युद्धपोतविरुद्धको वीरतापूर्ण लडाइको लागि यो जहाजलाई सम्झिइन्छ । उक्त अमेरिकी जहाजमा चालक दलका २२४सदस्य थिए, जसमध्ये ८९ जनाको मृत्यु भएको थियो। क्याप्टेन रोबर्ट डब्ल्यू कोपल्यान्ड बाँचेका मध्ये एक थिए ।

 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता