२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारका शेखबाट १ मिलियन युरोसहितको सुटकेस स्वीकारेपछि विवादमा चार्ल्स

२०७९, १२ असार आईतवार ०७:४८

असार १२, लन्डन | एजेन्सी | युवराज चाल्र्सले कतारी अर्बपति शेखबाट आफ्नो परोपकार संस्थाका लागि १ मिलियन युरो नगद भरिएको सुटकेस स्वीकारको दाबीसहितका विवरण सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन् । चाल्र्सले कतारका पूर्वप्रधानमन्त्री शेख हमाद बिन जसिम बिन जाबेर अल थानीबाट प्रिन्स अफ वेल्स च्यारिटी फाउन्डेसनका लागि २०११ र २०१५ बीचको अवधिमा ३ मिलियन युरो प्राप्त गरेको जनाइएको छ ।


शेखले सन् २०१५ मा क्लेरेन्स हाउसमा एक निजी बैठकमा चाल्र्सलाई  व्यक्तिगत रूपमा १ मिलियन यूरो नगद हस्तान्तरण गरेको बताइएको थियो ।

विवरणअनुसार सो रकम युवराजले तत्कालै सहयोगीहरूलाई हस्तान्तरण गरेका थिए । सहयोगीले सो रकम पूर्णरूपमा परोपकारमा हस्तान्तरण गर्ने व्यवस्था गरेका थिए ।

अर्को अवसरमा कतारी शेखले बेलायती सिंहासनका उत्तराधिकारीलाई ८ लाख २० हजार पाउन्ड बराबको रकम दिएकोसमेत जनाइएको छ ।

विवादास्पद शेखले प्रधानमन्त्री हुँदा आफ्नो कार्यकालमा कतारले अल कायदाको सिरियाली शाखालाई आर्थिक सहयोग गरेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन