ती शवहरू "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ती शवहरू "/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रात्रिकालीन क्लबमा कम्तीमा १७ जना मृत फेला

१२ असार २०७९, आईतवार ०८:५३

असार १२, काठमाडौँ | दक्षिण अफ्रिकाको इस्ट लन्डन सहरको एउटा रात्रिकालीन क्लबमा कम्तीमा १७ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।


ती शवहरू आइतवार सबेरै फेला परेका थिए र कैयौँ अरू घाइते भएको हुनसक्ने ठानिएको छ।

"कुन परिस्थितिमा उक्त घटना भयो भन्ने विषय अनुसन्धानकै क्रममा छ," एक प्रहरी प्रवक्ताले न्यूजरूम अफ्रिका टेलिभिजन च्यानलसँग भनेका छन्।

"हामी अहिलेको विन्दुमा कुनै अनुमान गर्न चाहँदैनौँ," ब्रिगेडिअर टिम्बिनकोशि किनानाले भने।

कसरी मृत्यु भयो?

समाचारहरू अनुसार मृतकको शव उनीहरूका आफन्तलाई पनि हेर्न दिइएको छैन। उक्त क्लबलाई बन्द गर्न स्थानीयहरूले माग गरेका छन्।

इस्ट्रेन केपको उक्त घटनास्थलमा ठूलो सङ्ख्यामा आपत्कालीन सुरक्षा कर्मचारीहरू खटाइएका छन्।

घटनास्थलमा रहेकी इस्ट्रन केपका पुलिस कमिस्नरले उक्त रात्रिकालीन क्लबमा भागदौड मच्चिएको आरोप लागेको जनाएकी छन्। 

विस्तृत विवरण अझै आइरहेका छन्।मृतकहरूको मृत्युको कारण पनि प्रस्ट छैन।

स्थानीय सञ्चारमाध्यमहरूले विषालु पदार्थ वा भागदौडका कारण त्यसो भएको हुनसक्ने आकलन गरेका छन्।

इन्योबेनी टाभर्नभित्र खिचिएका तस्बिरहरूमा शवहरू भुईँ र टेबलमा रहेको देखिए पनि चोटको कमै सङ्केत देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता