२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वयुद्धको समयमा युद्ध अपराधमा सलंग्न रहेको अभियोगमा १०१ वर्षीयलाई ५ वर्ष जेल

२०७९, १५ असार बुधबार ०६:१०

असार १५, वर्लिन | एजेन्सी | जर्मनीको एक अदालतले मंगलबार पूर्वनाजी कन्सन्ट्रेसन क्याम्पका  एक १०१ वर्षीय गार्डलाई पाँच वर्षको जेल सजाय सुनाएको छ । जोसेफ सुएज विश्व युद्धको समयमा युद्ध अपराधमा संलग्नताका लागि मुद्दा चलाइएका अहिलेसम्मकै वृद्ध हुन् । 


सुएजलाई सन् १९४२ देखि १९४५ को बीचमा बर्लिनको उत्तरी भाग ओरानिनवर्गको साचसेनहाउसेन क्याम्पमा जेल गार्डको रूपमा काम गर्दा हत्यामा संलग्न भएको अभियोगमा दोषी ठहर गरिएको प्रधानन्यायाधीश उडो लेचरम्यानले बताए ।

उनको बृद्धावस्थालाई विचार गर्दा सुएज जेल जान नपर्ने सक्ने बताइएको छ । लिथुआनियामा जन्मेका सुएज अहिले ब्रान्डनवर्ग राज्यमा बस्छन् । उनले आफू निर्दोष भएको बताउँदै आएका थिए । 

शिविरमा भएको घृणित अपराधको बारेमा आफू अनभिज्ञ भएको उनले बताउँदै आएका थिए । ‘मलाई थाहा छैन म यहाँ किन छु,’ नाजी युद्ध अपराधको मुद्दामा सुनुवाइका क्रममा उनले भनेका थिए ।

अभियोजनकर्ताले सुएजले ‘स्वेच्छाले’ शिविरमा ३ हजार ५१८ कैदीको हत्यामा भाग लिएको भन्दै उनलाई पाँच वर्षको सजाय माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ