१०९ जीवित जनवारसहित थाइल्यान्डको विमानस्थलमा भारतीय महिला पक्राउ

Posted on: 29 Jun, 2022

असार १५, बैंकक | एजेन्सी | बैंककको सुवर्णभूमि विमानस्थलमा दुई भारतीय महिला १०९ जीवित जनवारसहित पक्राउ परेका छन् । जनावर तस्करी गर्न खोजेको आरोपमा थाइल्यान्डका अधिकारीहरूले दुई जना महिलालाई सोमबार पक्राउ गरेका हुन् । एक प्रेस विज्ञप्तिमा थाइल्याण्डको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु र वनस्पति संरक्षण विभागले एक्स–रे निरीक्षणपछि जनावरहरू दुई सुटकेसमा फेला परेको बताएको छ ।


लगेजमा दुईवटा सेतो दुम्सी, दुई ओटा सालक, ३५ वटा कछुवा, ५० वटा छेपारो र २० वटा सर्प फेला पारेका थिए । जनाबर तस्कर गर्ने महिला नित्या राजा र जाकिया सुल्थाना इब्राहिम रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । उनीहरू  चेन्नईको लागि उडानमा सवार थिए ।

उनीहरुलाई २०१९ को वन्यजन्तु संरक्षण तथा संरक्षण ऐन, २०१५ को पशु रोग ऐन र २०१७ को भन्सार ऐन उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!