५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबको शक्ति बढाउनका लागि युवराजले गरे महत्वपूर्ण घोषणा

१७ असार २०७९, शुक्रबार ०९:२२

असार १७, काठमाडौँ | युवराज मोहम्मद बिन सलमानले विश्वव्यापी र स्थानीय स्तरमा साउदी अरबको प्रभाव विस्तार गर्ने उद्देश्यले अनुसन्धान(विकास र नवीनताको क्षेत्रका लागि नयाँ प्राथमिकताहरू घोषणा गरेका छन् ।

साउदीको आधिकारिक समाचार एजेन्सी एसपीएले यसबारे जानकारी दिएको हो ।

दुई दशकका लागि तय गरिएका यी प्राथमिकताको भिजन २०३० अनुरुप बनाइएका छन्, जसमा देशलाई स्वास्थ्य, वातावरणीय दिगोपना, ऊर्जा र उद्योगमा अग्रस्थानमा लैजाने र भविष्यका उदीयमान अर्थतन्त्रहरूमा लगानी गर्ने समावेश छ ।


यी लक्ष्यहरू हासिल गर्न, अनुसन्धान, विकास र नवप्रवर्तन क्षेत्रहरूको पुनर्गठन गरिएको छ र युवराजको अगुवाईमा एक उच्च समिति पनि बनाइएको छ । यो समितिले लक्ष्यलाई निगरानी र बजेट विनियोजनको अनुगमनका साथै यससँग सम्बन्धित कानुन र मापदण्ड पनि तय गर्नेछ ।

यसबाट विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा हजारौं रोजगारीको अवसरको अपेक्षा गरिएको छ ।

साउदी अरबले आफ्नो ठूलो ऊर्जा भण्डार प्रयोग गरेर विश्वव्यापी प्रवेश जारी राख्न चाहन्छ । यसका लागि यो देश सौर्य, वायुलगायतका वैकल्पिक ऊर्जाका नयाँ प्रविधिमा पनि काम गर्न इच्छुक छ ।

डिजिटल स्वास्थ्य सेवा प्रवर्द्धन गर्न र विश्वभरी नविन औषधि प्रविधि प्रदान गर्नुका साथै साउदी अरबले पानीको अभाव र खाद्य सुरक्षा सुधार गर्ने प्रमुख चुनौतीहरूको सामना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता