७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलंका संकट : खाना बचाउन दिउँसो १२ बजेसम्म बच्चा सुताउँछन् अभिभावक

२१ असार २०७९, मंगलवार ०७:५२

असार २१, काठमाडौँ | श्रीलंकामा १२ हप्तादेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । मुद्रास्फिति, बेरोजगारी र इन्धनको चरम अभावले जनता पीडित छन् । कोलम्बोका अटो रिक्शा चालक थुशन परेराले आफ्ना तीन बच्चालाई झण्डै पाँच हप्तादेखि दुवै छाक पूरा खाना खुवाएका छैनन् । उनको परिवार बिस्कुटको प्याकेटमा निर्भर छ, जसको मूल्य १३० श्रीलंकाली रूपैयाँ (नेपाली मुद्रामा ४५ रूपैयाँ) पर्छ ।


परेरा भन्छन्, ‘हामी हाम्रा बच्चाहरूलाई दिउँसो १२ बजेसम्म सुताउने प्रयास गर्छौं, ताकि उनीहरूलाई बिहानको खाजा बनाउन नपरोस् । दुई दिन लाइनमा उभिएर ५ लिटर पेट्रोल पाइन्छ । सरकारले असार २२ गतेसम्म इन्धन नआउने कुरा बिर्सेको छ । प्रतिलिटर १०३ रूपैयाँको पेट्रोल कालोबजारीमा ५५० मा बिक्री भइरहेको छ ।’

श्रीलंकाको २२ करोड जनसंख्यामा परेरा जस्ता धेरै व्यक्तिहरू छन् जसमा सरकारप्रति धेरै आक्रोश भइरको छ। शैक्षिक संस्थाहरु बन्द छन् । केही घण्टा बिजुली काटिएको छ । यसअघि भारतबाट ऋणस्वरूप प्राप्त भएको करिब ६ हजार करोड रुपैयाँ पनि सकिएको छ । श्रीलंकाले मध्यपूर्वबाट रुसलाई सहयोगको अपिल गरेको छ ।

ठाउँ-ठाउँमा झडप

जनतामा निराशा छाएको छ । यहाँको पेट्रोल पम्पको अनुगमन गर्ने गरेकाले प्रहरी, सेना र वायुसेनासँग दिनहुँ आम नागरिक झडप भइरहेका छन् । समाजमा अप्रत्याशित रूपमा विद्रोह बढेको छ, जुन दंगाको रूपमा देखापर्छ । विद्यालय, कलेज, अस्पताल बन्द छन् । त्यसैले युवाहरू आफ्नो परिवारमा भइरहेको असहाय देख्न बाध्य भएका छन् ।


यो हप्ता १९९० सुवा सिरिया, भारतले दान गरेको आपतकालीन एम्बुलेन्स सेवा पनि ठप्प भएको छ । आकस्मिक सेवा पनि उपलब्ध छैन । सरकारविरुद्धको विद्रोह दिन प्रतिदिन बढ्दै गएको छ । अटो रिक्सा चालक अरुणा अल्भिसले यो अवस्था सुधार नभएसम्म राष्ट्रपति र प्रधानमन्त्रीको घर घेराउ गर्ने बताइन् ।

जनताका लागि कहिल्यै केही नगर्ने नेता आफ्ना लागि भने इन्धन र खाना सहजै पाउने भन्दै धेरैले आलोचना गरेका छन् । उता, सर्वसाधारण दुई दिनसम्म दिनरात लाइनमा बसेर अत्यावश्यक सामान जोहो गर्न थालेका छन् ।

श्रीलंकामा रासायनिक मलमा प्रतिबन्ध लगाएपछि मुलुकमा खाद्य संकट उत्पन्न भएको छ । ग्यासको अभावका कारण मानिसहरू दाउराकै प्रयोगमा फर्किएका छन् । तीन दिनमा एक दिन कमाउन सक्ने र त्यो दिनको कमाइबाट तीन किलो चामल मात्रै किन्न सक्ने परेरा बताउँछन् ।

श्रीलंकाका मध्यमवर्गीय परिवारहरूले पनि आफ्नो खानाको उपभोग घटाएका छन्, किनकि उनीहरू यति महँगो खाद्यवस्तु लिन हिचकिचाउँछन्। मेमा ३९.१ प्रतिशत रहेको मुद्रास्फीति जुनमा बढेर ५४.६ प्रतिशत पुगेको छ । खाद्य मुद्रास्फितिलाई मात्रै हेर्दा मे महिनामा ५७.४ प्रतिशतबाट बढेर जुनमा ८०.१ प्रतिशत पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार