२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवविवाहित दुलहीलाई घर लैजान तालिवान कमाण्डरले प्रयोग गरे सैन्य हेलिकोप्टर

२०७९, २१ असार मंगलवार ०९:२९

असार २१, काबुल | एक तालिबान कमाण्डरले आफ्नी नवविवाहित दुलहीलाई घर लैजान सैन्य हेलिकप्टर प्रयोग गरेको विवरण सार्वजनिक भएको छ । उनले आफ्नी दुलहीलाई लोगरबाट खोस्ट प्रान्तमा लैजान हेलिकप्टर प्रयोग गरेका थिए ।

दुलहीलाई घर लैजान प्रयोग गर्ने तालिबान नेता तालिवानको हक्कानी शाखाको कमाण्डर भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।सामाजिक सञ्जालमा भाइरल भिडियोमा ती कमण्डर दुलहीको घर नजिकै अवतरण गरेका थिए । सञ्चार माध्यममा दाबी गरिए अनुसार छोरी दिए बापत उनले ससुरालाई १ लाख २० हजार अफगानी दाइजो दिएका थिए । एएनआईका अनुसार उनी खोस्टमा बस्छन् र उनकी श्रीमतीको घर लोगरको बर्की बराक जिल्लामा हो ।

उक्त घटना शनिबार लोगार प्रान्तको बर्की बराक जिल्लाको शाह मजार क्षेत्रमा भएको जनाइएको छ । यद्यपि, कमाण्डरको बचाउ गर्दै तालिबानका उपप्रवक्ता कारी युसुफ अहमदीले हेलिकोप्टर चढेको आरोपमा सत्यता नभएकाे बताए । सामाजिक सञ्जालमा भाइरल भिडियोलाई लिएर मानिसहरूले विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन