दक्षिण अफ्रिकाको बारमा गोली चल्यो, १४ जनाको मृत्यु

Posted on: 10 Jul, 2022

असार २६, जोहानेसबर्ग | दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा भएको गोलीकाण्डमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘हामीलाई बिहानको प्रारम्भिक घण्टामा, लगभग १२ बजे बोलाइएको थियो’ शनिबार र आइतबार राति भएका गोलीबारी पछि प्रहरी लेफ्टिनेन्ट इलियास मावेलाले भने । 

घटनास्थलमा प्रहरी पुग्दा १२ जना मृत फेला परेका थिए । गोलाबारीमा घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये २ जनाको अस्पतालमा मृत्यु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!