५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौंः प्रदर्शनकारी

२७ असार २०७९, सोमबार ०२:३१

असार २७, कोलम्बो | दुवै नेताले आधिकारिक रूपमा राजीनामा नगरेसम्म श्रीलंकाको राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा कब्जा जारी राख्ने प्रदर्शनकारीहरूले बताएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने शनिबार संसदका सभामुखले जानकारी दिएका थिए । त्यस्तै, प्रधानमन्त्रीले पनि राजीनामा दिने बताएका छन् । प्रदर्शनकारीले उनको निजी निवासमा आगजनी गरेका छन् । 

तर राष्ट्रपति आफैं देखिएका छैनन् र सार्वजनिक बयान दिएका छैनन् । उनी हाल श्रीलंकाको जलक्षेत्रमा नौसेनाको जहाजमा रहेको सैनिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनका भाइ पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षे पनि नौसेनाको आधारमा रहेको बताइएको छ । 

दुबै नेताले राजीनामा दिने भने पनि आन्दोलनकारीहरूले नेताहरूको नियतप्रति शंका गरिरहेका छन् ।

‘हाम्रो संघर्ष  सकिएको छैन’,विद्यार्थी आन्दोलनका नेता लाहिरु वीरासेकराले भने, ‘राष्ट्रपति राजापाक्षेले नछोड्दासम्म हामी संघर्ष छोड्ने छैनौँ ।’

आगामी दिन राजनीतिक रूपमा के हुन्छ भनेर हेर्नको लागि अत्यन्तै अनिश्चित समय हुने राजनीतिक विश्लेषक तथा मानवअधिकार वकिल भवानी फोन्सेका बताउछन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता