गिरफ्तारबाट बच्न पद त्यागअघि विदेश जान चाहन्छन् श्रीलंकाका राष्ट्रपति राजापाक्षे

Posted on: 12 Jul, 2022

असार २८, कोलम्बो | श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले मंगलबार विमानस्थलमा अध्यागमनको अपमानजनक अवरोधपछि टापुबाट भाग्न नौसेनाको गस्ती जहाज प्रयोग गर्ने विचार गरेको समाचार संस्था एएफपीले जनाएको छ । गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिएर शान्तिपूर्ण सत्ता हस्तान्तरणको बाटो खुला गर्ने वाचा गरेका छन् । 

देशमा अहिलेसम्मकै  खराब आर्थिक संकटलाई लिएर उनको विरुद्धमा यसै साता व्यापक प्रदर्शन भएको थियो । प्रदर्शनपछि ७३ वर्षीय गोटाबाय राष्ट्रपति निवासबाट अज्ञात स्थलतर्फ भागेका थिए । 

राष्ट्रपतिको रूपमा राजापाक्षेलाई गिरफ्तार नहुने भएकोले हिरासतमा पर्ने सम्भावनाबाट बच्न पद त्याग्नुअघि नै उनी विदेश जान चाहना राखेको बताइएको छ । 

गोटाबाय आफ्नी पत्नीसँगै दुबईमा जान खोजेको अधिकारीहरूले बताएका छन् । विमानस्थलमा अध्यागमनका अधिकारीले उनको राहदानीमा छाप लगाउन अस्वीकार गरेका थिए ।

राष्ट्रपति र उनकी श्रीमतीले संयुक्त अरब इमिरेट्स जाने चार उडान छुटेपछि  बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा रहेको सैन्य आधारमा रात बिताएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!