२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटै अटो रिक्सामा २७ यात्रु !

२०७९, २९ असार बुधबार ०५:०४

असार २९, नयाँ दिल्ली | एउटा अटो रिक्सामा कति मानिसहरू अट्लान ? बढीमा ६ यात्रु । तर, दुनियाँलाई आश्चर्यमा पार्दै भारतको एउटा सहरमा प्रहरीले तीव्र गतिमा गुडिरहेको टुक–टुक (अटो–रिक्सा) रोक्दा त्यसभित्र २७ जनालाई फेला पारेको थियो । सानो अटो रिक्साभित्र  त्यति ठूलो संख्यामा मानिसहरु देखेर प्रहरी छक्क परेका थिए । 

अटोरिक्साबाट बालबालिका र बृद्धबृद्धासहित २७ जना ओर्लेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा प्रत्येक यात्रुलाई गाडीबाट बाहिर निस्किँदा गणना गरिरहेको देख्न सकिन्छ । सामान्यतया अटोरिक्सामा तीन जना मानिस अट्छन् । तर, केहीलाई ६ जनासम्म यात्रु अट्ने गरी मोडिफाई गरिएको हुन्छ । भीडभाड भएको गाडीको घटना भारतको सबैभन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेशको फतेहपुर शहरको हो । मिडिया रिपोर्टअनुसार प्रहरीले अटोरिक्सालाई धेरै तीव्र गतिमा चलेको भन्दै रोक्न खोज्दा चालकले तीव्र गतिमा भाग्न खोजेका थिए । त्यसपछि प्रहरीले पछ्याएर जबरजस्ती रोक्न लगाएको थियो ।

‘रिक्साभित्र दुई दर्जनभन्दा बढी यात्रुहरू देखेर प्रहरी छक्क परेको थियो’फतेहपुरका प्रहरी उपरीक्षक राजेश कुमारले भारतीय समाचार माध्यम टाइम्स अफ इन्डियालाई भने ।

तीब्र गतिमा चलाएको र ओभरलोड गरेको अभियोगमा प्रहरीले अटोरिक्सा नियन्त्रणमा लिएको छ । उक्त घटनाबारे सार्वजनिक भएको भिडियो सामाजिक सञ्जालमा हजारौँ पटक हेरिएको छ ।  धेरै ट्विटर प्रयोगकर्ताहरूले हास्यास्पद प्रतिकृया दिएका छन् । कतिपयले यो घटना ‘विश्व रेकर्ड’ का लागि योग्य बताएका छन् भने अरूले यसलाई भारतमा अपर्याप्त सवारी साधनको परिणामको रूपमा लिएका छन् ।

अटोरिक्सा भारतमा यातायातको लोकप्रिय माध्यम हो । सर्वव्यापी भए पनि तिनीहरू महँगो छन् र बसले भन्दा धेरै गुणा बढी भाडा लिएका छन् । केही वर्षअघि भारतका लागि मेक्सिकोका राजदूत दिल्लीमा यात्रा गर्दा कारको सट्टा अटो रिक्सा प्रयोग गरेपछि चर्चामा आएका थिए । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन