२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद् क्षेत्रको निरीक्षण गर्न जापानले विकास गर्‍याे सर्पको आकारको रोबोट

२०७९, २९ असार बुधबार ०९:१६


असार २९, टोकियो | जापानका अन्वेषकहरूले एक उन्नत सर्पको आकारको रोबोट विकास गरेका छन् , जसले सिढी चढ्न र 'ड्रेनपाइप'मा आफ्नो बाटो घुमाउन सक्नेछ । यस्ता उपकरणहरू चाँडै नै प्रकोप प्रभावित क्षेत्रहरूमा दुर्गम स्थानहरूको सर्वेक्षणमा प्रयोग हुने विश्वास गरिएको छ ।

२.५ मिटर लामो र ६ केजी तौल भएको यो नयाँ रोबोट भत्किएका भवनहरूको निरीक्षणका लागि प्रयोग गर्न सकिने क्योटो विश्वविद्यालयका रोबोटिक्स प्राध्यापक फुमितोसी मात्सुनोले बताए ।

उनको टोलीले दुईदेखि तीन वर्षभित्र यन्त्रलाई व्यावहारिक प्रयोगमा ल्याउने लक्ष्य राखेको  निक्केई जापानले जनाएको छ ।

प्याटेन्ट प्रविधिको उक्त रोबोटलाई यूकेएइएको रेस (रिमोट एप्लिकेसन इन च्यालेन्जिङ इनभाइरनोमेन्ट्स)ले विकसित गरेको हो । यो सात वर्षीय परियोजना हो । 

यन्त्र आफ्नो आकार परिवर्तन गरेर सिढी चढ्न र तल झर्न सक्छ । यन्त्रलाई एक अपरेटरद्वारा टाढाबाट नियन्त्रण गरिन्छ, जसले टुप्पोमा जडान गरिएको क्यामेराबाट तस्बीर  हेर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन