सिंगापुर यात्राको प्रतिक्षामा गोटाबाय राजापाक्षे

Posted on: 14 Jul, 2022

असार ३०, कोलम्बो | देशको अभूतपूर्व आर्थिक संकटबीच सुरु भएको विद्रोहपछि बुधबार माल्दिभ्स भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे सिंगापुरको यात्राको प्रतिक्षामा रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । 

राष्ट्रपति गोटाबाया राजापाक्षेले मालेबाट सिंगापुरको लागि निर्धारित सिंगापुर एयरलाइन्सको उडानमा सिंगापुर प्रस्थान भने गरिनसकेको डेली मिररले रिपोर्ट गरेको छ । सुरक्षाका कारण उनी सिंगापुर प्रस्थान नगरिसकेको प्राप्त विवरणमा जनाइएको छ । 

राजापाक्षे, उनकी पत्नी इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू बुधबार राति मालेबाट सिंगापुरका लागि एसक्यु ४३७ मा सिंगापुर जाने अनुमान गरिएको थियो तर सुरक्षा समस्याका कारण विमानमा चढ्न नसकेको सो पत्रिकाले जनाएको छ । 

कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् र पश्चिमी प्रान्तमा कफर््यु लगाइएको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!