पूर्वपत्नीको निधनमा ट्रम्पले लेखे यस्तो भावुक स्टाटस

Posted on: 15 Jul, 2022

असार ३१, काठमाडौँ | अमेरिकाका पूर्वराष्ट्रिपति डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इभाना ट्रम्पको निधन भएको छ। चेक गणतन्त्रमा जन्मिएकी ट्रम्पको ७३ वर्षको उमेरमा निधन भएको हो।

स्रोतका अनुसार उनी न्यूयोर्क शहरको घरको एक सीढी नजिकै बेहोस अवस्थामा फेला परेकी थिइन्। उनी खसेको हुनसक्ने अनुमान गरिएकाे बताइएको छ।

अमेरिकी सञ्चार माध्ययमका अनुसार उनको मृत्युको कारण आकस्मिक हुन सक्ने प्रहरीले जनाएकाे छ।

ट्रम्पले उनको बारेमा सामाजिक सञ्जालमा एक स्टाटस लेखेका छन्। ‘उनी एक अद्भुत, सुन्दर र अद्भुत महिला थिइन्, जसले एक महान र प्रेरणादायी जीवन बिताइन्’ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्ममार्फत सो कुरा सार्वजनिक गरेका हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!