श्रीलंका संकट : महिन्दा र बासिल राजपक्षेलाई देश छाड्न प्रतिबन्ध

Posted on: 15 Jul, 2022

 असार ३१, एजेन्सी | श्रीलंकाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व वित्त मन्त्री बासिल राजपक्षेलाई श्रीलंका छोड्न प्रतिबन्ध लगाएको छ । 

बासिल राजपक्षेले केही दिन पहिला श्रीलंका छोडेर जाने प्रयास गरेका थिए विमानस्थलका कर्मचारीहरुले उनलाई विमानमा सवार हुन दिएका थिएनन् । 

यसपछि श्रीलंकाको सर्वोच्च अदालतले दुबै नेताहरुलाई शुक्रबारबाट २८ जुलाई सम्म देश छाडेर जान प्रतिबन्ध लगाइदिएको छ । यसअघि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर सिंगापुर पुगेका थिए । उनले त्यहीबाट इमेल मार्फत राजीनामा घोषणा गरेका थिए । 

उनी भागेसँगै प्रधानमन्त्री रनिल विक्रमसिंघेले अन्तरिम राष्ट्रपति पदको शपथ लिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!